एजेन्सी – बढ्दो मुद्रास्फिति र घट्दो मुद्रालगायत बढ्दो आर्थिक समस्यासँग जुध्न मन्त्री परिषद्ले नियुक्त गरिएका अली मदनी जादेहलाई सोमबार नयाँ अर्थमन्त्रीका रूपमा अनुमोदन गरेको छ ।
इरानका पूर्ववर्ती अब्दोलनासेर हेम्मातीलाई आर्थिक समस्या समाधान गर्न असफल भएको भन्दै अविश्वासको प्रस्तावमा सत्ताच्युत गरिएको केही महिनापछि ४३ वर्षीय मदनीजादेहलाई इरानको अर्थमन्त्रीमा नियुक्त गरिएको हो ।
सरकारी टेलिभिजनका अनुसार मदनीजादेहले २९० सदस्यीय संसद्मा उपस्थित सांसदको पक्षमा १७१ विपक्षमा ६१ मत प्राप्त भएको छ भने आठ सांसद अनुपस्थित रहेका छन् ।
इरानको अर्थतन्त्र लामो समयदेखि अमेरिकी प्रतिबन्धका कारण तनावमा रहेको छ, जसले लगातार दोहोरो अङ्कको मुद्रास्फीति र बढ्दो उपभोक्ता मूल्यलाई बढावा दिएको छ।
गत जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानमाथि ‘अधिकतम दबाब’ दिने प्रतिबन्ध अभियानलाई पुनः सुरु गरेका थिए ।
आर्थिक संकटको सामना गरिरहेको इरानमा अहिले इजरायलसँगकाृ क्षेत्रीय द्वन्द्वको नाटकीय वृद्धिले इरानलाई संकट समाधानका लागि तत्काल नयाँ व्यक्ति ल्याउन बाध्य पारेको देखिन्छ ।
गत शुक्रबारदेखि इजरायलले इरानको सैन्य अखडा, आणविक स्थल र आवासीय क्षेत्रलाई लक्षित गरी इरानमाथि व्यापक आक्रमण गरेको छ ।
यस आक्रमणमा परी शीर्ष सैन्य कमाण्डर, आणविक वैज्ञानिक र सर्वसाधारणसहित कम्तीमा २२४ जनाको मृत्यु भएको छ । इरानले त्यसको जवाफमा ड्रोन र क्षेप्यास्त्र प्रहार गरी इजरायलमा कम्तीमा २४ जनाको ज्यान लिएको प्रधानमन्त्री कार्यालयको पछिल्लो तथ्यांकमा उल्लेख छ ।
इरानले इजरायललाई मान्यता दिँदैन र लामो समयदेखि उसले आफ्नो आणविक केन्द्रविरुद्ध विध्वंसकारी अभियान चलाएको र आफ्ना वैज्ञानिकहरूको हत्या गरेको आरोप लगाउँदै आएको छ।
प्रतिक्रिया