गृहमन्त्रीको राजीनामा माग्दै ‘निलो रिबन’ लगाएर संसद्‍मा रास्वपा (तस्बिरहरू) « Khabarhub

गृहमन्त्रीको राजीनामा माग्दै ‘निलो रिबन’ लगाएर संसद्‍मा रास्वपा (तस्बिरहरू)


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भिजिट भिसा प्रकरणको छानबिन र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएको प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू एकनासको खादा (निलो रिबन) पहिरिएर संसद् भवन पुगेका छन् । 

संसद्मा वेल घेराउ गर्दै आएका उनीहरू मंगलबारको बैठकमा सहभागी हुन निलो रंगको खादा पहिरिएर नयाँ बानेश्वरस्थित संघीय संसद् भवन पुगेका हुन् । संसद् भवनमा उनीहरूले सामूहिक तस्बिर पनि खिचेका छन् । 

ललितपुरबाट निर्वाचित सांसद डा. तोसिमा कार्कीले उक्त तस्बिर सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरेकी छन् । उनले तीन वटा बुँदाहरू उल्लेख गर्दै भनेकी छन्, ‘हाम्रो अभियान जारी छ ।’  

सांसद कार्कीले उल्लेख गरेका ती बुँदाहरू मानव बेचबिखन र मानव तस्करी विरुद्धको आवाज, पीडितप्रतिको ऐक्यबद्धता र सुरक्षित समाजको प्रतिबद्धता रहेका छन् ।

यस्तै रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले पनि तस्बिर एक्स (ट्विटर) मा राख्दै लेखेका छन्, ‘मानव तस्करीविरूद्धको अभियानलाई विश्वब्यापी रूपमा निलो रिबनको प्रतीकले जनाउँछ । आज राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदले संघीय सदनमा निलो रिवन लगाएर मानव तस्करीको विरोध गरेका छन् ।’

तस्बिरहरू :

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  १ : ३७ बजे

हावाहुरीले विनय त्रिवेणीमा २० भन्दा बढी घरमा क्षति

काठमाडौं– मंगलबार साँझ आएको हावाहुरी सहितको वर्षाले पूर्वी नवलपरासीको विनय

विपक्षीसँग कुरा नमिलेपछि सुरु नै नभई सर्‍यो प्रतिनिधिसभा बैठक

काठमाडौं– बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’