हिमाल र पर्वतीय क्षेत्रको बजारीकरण गरौँ : पूर्वअर्थमन्त्री शर्मा « Khabarhub

हिमाल र पर्वतीय क्षेत्रको बजारीकरण गरौँ : पूर्वअर्थमन्त्री शर्मा


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– पूर्वअर्थमन्त्री जनार्दन शर्माले हिमाल हाम्रो गौरवपूर्ण सम्पत्ति भएकाले यसको संरक्षणसहित सौन्दर्य कायम कसरी गर्ने भन्ने आजको चुनौती रहेको बताएका छन् । 

राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि पूर्वमन्त्री शर्माले हिमाल र पर्वतीय क्षेत्रलाई बजारीकरण गर्न सके मुलुकको आर्थिक क्षेत्रमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे । 

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शर्माले भने, ‘हामीसँग अथाह प्राकृतिक साधनस्रोत छ । हिमाल हाम्रा गौरव हुन्, यो देशको पुँजी पनि हो । प्राकृतिक रुपमा मनमोहक दृश्यहरू पनि छन् । तथापि जलवायु संकटले विश्वव्यापी समस्या खडा भएको छ ।’

राससले आफ्ना कामको एउटा संश्लेषणका रुपमा तस्बिर प्रदर्शनी गरेकामा प्रशंसा गर्दै पूर्वऊर्जा, जलस्रोत सिँचाइमन्त्री शर्माले भने, ‘प्रदर्शनीमा जलवायु सङ्कट र प्राकृतिक सौन्दर्य, संस्कृतिसँग सम्बन्धित अत्यन्त दुर्लभ र महत्वपूर्ण तस्बिर छन् । प्रदर्शनीले धेरै क्षेत्रलाई एक ठाउँमा प्रस्तुत गर्न  सफल भएको छ ।’

सो अवसरमा    पूर्वमन्त्री शर्माले रासस मिडिया सङ्ग्रहालय र समाचार बुलेटिन कक्षको पनि अवलोकन गरे । यसअघि राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र महाप्रबन्धक सिद्धराज राईले उनलाई स्वागत गर्दै हिमाल र पर्वतीय क्षेत्रका मनमोहक दृश्यलाई एकै थलोबाट हेर्न, जान्न र बुझन सकियोस् भन्ने हेतुले प्रदर्शनी आयोजना गरिएको बताए। 

गत जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्‍चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन तथा प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ तस्बिर राखिएका छन् ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ८ : ०२ बजे

एसईईमा डेढ लाख विद्यार्थी ‘नन् ग्रेडेड’

२८ वैशाख, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी मध्ये

यसरी हेर्न सकिन्छ एसईईको नतिजा

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएकाे छ

प्रकाशित भयो एसईई नतिजा, उत्तीर्ण भए ६५.९८ प्रतिशत विद्यार्थी

काठमाडौँ । एसईई नतिजा प्रकाशित भएको छ । यसवर्ष ६५

‘प्रधानमन्त्रीको स्वास्थ्यमा असहजता देखिएकोले नीति कार्यक्रमको समयमा केहीबेर विश्राम’

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्को संयुक्त बैठकमा

सरकारसँग जनता असुरक्षित हुन थाले : एमाले सचेतक घतानी (अन्तर्वार्ता)

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा मनोनीत भएकी निता