पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा बन्द | Khabarhub Khabarhub

पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा बन्द


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको राप्ती नगरपालिकाले ज्यालादारी कर्मचारी हटाएपछि पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा बन्द भएको छ ।

नगरप्रमुख शमशेर लामाले स्रोतको अभावका कारण ७२ जना दैनिक ज्यालादारी कर्मचारी हटाइएसँगै स्वास्थ्यलगायत क्षेत्रमा समस्या उत्पन्न भएको बताए ।

विकट पहाडी गाउँमा रहेका कान्दा, कालीटार, वाकराङ, अमृतपानी र परेवाकोट स्वास्थ्य केन्द्र बन्द भएका छन् । ती क्षेत्र जिल्लाको पहाडी र सीमान्तकृत चेपाङ समुदायको बाक्लो बसोबास भएका स्थान हुन् । त्यहाँ कार्यरत स्वास्थ्यकर्मी हटेपछि स्वास्थ्य केन्द्र बन्द भएका हुन् ।

ज्यालादारीमा रहेका दुईजना एम्बुलेन्स चालक हटेपछि निःशुल्क सेवा दिँदै आएका दुईवटा एम्बुलेन्स पनि थन्किएका छन् ।

नगरप्रमुख लामाले नियमित परीक्षणका लागि क्यान्सर, मिर्गौला, मुटुलगायत बिरामीलाई अस्पतालसम्म निःशुल्क लैजाने काम प्रभावित भएको बताए ।

नगरपालिकाको भण्डारा अस्पतालका पाँचमध्ये तीन जना चिकित्सक हटाएपछि चौबीसघण्टे सेवा प्रभावित भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा औषधि खरिद हुन नसकेर आंशिक रूपमा दिइएको सेवा पनि औषधिको अभावमा दुई दिनमा बन्द गर्न बाध्य हुने अवस्था आएको लामाले जानकारी दिए ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ११ : ४५ बजे

हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

बारा– कलैया उपमहानगरपलिका-१४ बघवन बस्ने ५० वर्षीय नन्दु राउत कुर्मीको हत्या भएको

विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित पक्राउ

काठमाडौं– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित

प्रभासको फिल्म ‘द राजा साब’को टिजरले पायो चर्चा, दर्शकबाट मिश्रित प्रतिक्रिया

काठमाडौं – दक्षिण भारतीय नायक प्रभासको आगामी फिल्म ‘द राजा

गाजामा इजरायली आक्रमणमा ३० जनाको मृत्यु

एजेन्सी – गाजा पट्टीका धेरै क्षेत्रमा सहायता खोज्नेहरू, घरहरू र