मानवअधिकार उल्लङ्घनका विषयमा छलफल | Khabarhub Khabarhub

मानवअधिकार उल्लङ्घनका विषयमा छलफल


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

इटहरी– अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशले आज मानवअधिकार विषयक संवाद कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जिल्लाका पत्रकारहरू, मानवअधिकारकर्मी तथा सरोकार भएका निकायबीच पत्रकारिता अभ्यासमा देखिएका मानवअधिकार उल्लङ्घनका मुद्दाहरूबारे विस्तृत छलफल गरिएको हो ।

सहभागी पत्रकारले समाचार संकलनका क्रममा भोग्नुपरेका व्यावसायिक अवरोध, अभिव्यक्ति स्वतन्त्रताको हनन, शारीरिक तथा मानसिक दुर्व्यवहार, सूचनामा पहुँचको अभाव, सरकारी कार्यालयबाट असहयोगलगायत विषयमा छलफल गरेका थिए ।

पत्रकार महासङ्घ सुनसरीका उपाध्यक्ष एवं कान्तिपुर दैनिकका पत्रकार अर्जुन सुवेदीले छाला उद्योग अनुगमनको क्रममा स्थानीय तहका कर्मचारीले सञ्चारकर्मीलाई साथमा लैजान पाइँदैन भन्दै आफूलाई रोकेको अनुभव सुनाए । 

‘अधिकारकर्मी र पत्रकारले सहकार्य गर्दै जनस्वास्थ्य र पर्यावरणसम्बन्धी विषयमा अनुगमन गर्न खोज्दा अवरोध भयो, जुन अभिव्यक्ति स्वतन्त्रतामाथिको स्पष्ट हस्तक्षेप हो’, उनले भने।

नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, पत्रकार विनय ब्राहकोटी, तेजवनलगायत वक्ताले जिल्लामा पत्रकारमाथि हुने धम्की, अपमानजनक व्यवहार, सूचनाको गोप्यकरण र प्रशासनिक निकायको असहयोगलगायत विषयमा छलफल गरेका थिए । उनीहरूले विशेष गरी ग्रामीण भेगका पत्रकार बढी जोखिममा रहेर काम गरिरहेका भन्दै सुरक्षाको प्रत्याभूति हुन नसकेको गुनासो गरे । 

इन्सेक कोशी प्रदेश प्रमुख मनोहर पोखरेलले मानवअधिकार उल्लङ्घनको सूचना सञ्चारकर्मीमार्फत समाजमा पुग्ने भएकाले पत्रकारको अधिकार सुरक्षित हुनु अतिआवश्यक रहेको औँल्याए । 

सहभागीहरूले पत्रकारमाथि हुने दुर्व्यवहार, सूचनाको पहुँचमा हुने अवरोध र राज्य संयन्त्रबाट हुने दबाबको अन्त्य गर्न आग्रह गरेका थिए । साथै, पत्रकार सुरक्षासम्बन्धी स्पष्ट कानुनी व्यवस्था र स्थानीय तहका कर्मचारीलाई अभिव्यक्ति स्वतन्त्रताबारे अभिमुखीकरण आवश्यक रहेको सुझाव दिएका थिए ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  २ : ४९ बजे

गाजामा खाद्य संकट गहिरिँदै, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता

एजेनसी – संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रमा खाद्य अभाव र कुपोषणको

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनमाथि अर्को मुद्दा दर्ता

काठमाडौं – दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योएलमाथि शक्तिको

फिलोसफिकल रिसर्च सेन्टरले मातृभाषामा पनि सामग्री प्रकाशन गर्ने

काठमाडौं– नेपाल फिलोसफिकल रिसर्च सेन्टरले अङ्ग्रेजी भाषामा सीमित शोध प्रकाशन

सङ्खुवासभामा दुई वटा नयाँ पुल सञ्चालनमा

खाँदबारी– सङ्खुवासभाका दुई महत्त्वपूर्ण स्थानलाई जोड्ने पक्की पुल आजदेखि औपचारिक

सतह सिँचाइको व्यवस्था नभएका क्षेत्रमा वैकल्पिक सिँचाइ

नारायणगढ– सतह सिँचाइको व्यवस्था नभएको नौ सय हेक्टर क्षेत्रफलमा वैकल्पिक