चिस्यान केन्द्र निर्माण अन्तिम चरणमा « Khabarhub

चिस्यान केन्द्र निर्माण अन्तिम चरणमा


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटेहाङ गाउँपालिकामा भौतिक पूर्वाधार विकास योजनाको काम ९० प्रतिशत सम्पन्न भएको पाइएको छ ।

 आर्थिक वर्ष २०८१-८२ का लागि सडक, पुल, सिँचाइ योजना, विद्यालय भवन, सभाहल, कभर्डहल, चिस्यान केन्द्र, खेलमैदान निर्माणलगायतका शीर्षकमा भौतिक पूर्वाधार विकास योजना बनाएर गाउँपालिकाले बजेट विनियोजन गरेको थियो । 

वडा नं ९ रहेको खोटेहाङमा चालु आर्थिक वर्षका लागि विभिन्न शीर्षकका ११ भौतिक पूर्वाधार विकास योजना निर्माण गरिएको थियो । चालु आर्थिक वर्षका लागि निर्माण गरिएको भौतिक पूर्वाधार विकास योजनामा विनियोजन गरिएको रु १२ करोड ५४ लाख ८८ हजारमध्ये नौँ करोड ६० लाख ११ हजार खर्च भएको पाइएको हो ।

सङ्घ तथा प्रदेश सरकारसँगको सहकार्यमा निर्माण गरिएका अधिकांश योजनाको भौतिक प्रगति भइसकेको गाउँपालिका प्रमुख उदिमबहादुर राईले जानकारी दिए ।

‘सीमित स्रोत र साधनबीच काम गरिरहेका छौँ । यो आर्थिक वर्षका लागि निर्माण गरिएका अधिकांश योजना सम्पन्न भइसकेका छन्’, उनले भने, ‘बहुवर्षे योजनाको हकमा पुनःआर्थिक वर्ष २०८२-८३ मा बजेट विनियोजन गरेर अगाडि बढाउँछौँ । हामीले निर्माण गरेका योजना तथा कार्यक्रममा गुणस्तर निर्धारण, दिगोपना तथा पारदर्शितालाई मध्यनजर गरेर काम गरिरहेका छौँ ।’

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिकाले बिहीबार वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेर आफ्नो गतिविधिका बारेमा जानकारी दिएको थियो । गाउँपालिकास्तरीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला निकाय, पत्रकारलगायतको उपस्थितिमा किरात कोशी सञ्चार प्रालिको सहजीकरणमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको हो । 

कुल बजेट ५८ करोड २८ लाख ७३ हजारमा आधारित रहेर निर्माण गरिएको योजनामा चालुतर्फ ६३ दशमलव ५३ प्रतिशत तथा पुँजीगततर्फ ४९ दशमलव ६१ प्रतिशत खर्च भएको पाइएको हो । 

कार्यक्रममा नेपाली कांग्रेस खोटेहाङ गाउँपालिका कार्यसमिति सभापति प्रेम थापा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव अमरबहादुर बस्नेत, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष दिपेन थुलुङ, भगवती दिनानाथ माविका प्रधानाध्यापक कुमार पराजुली, वडा नं ४ बडकादियालेका स्थानीयवासी एवम् वडा सदस्य प्रदीप आचार्यलगायतले गुनासा तथा सुझाव दिए ।  

गाउँपालिकाले आगामी दिनमा निर्माण गर्ने नीति तथा कार्यक्रममा दिगोपना तथा गुणस्तरमा ध्यान दिन, भुक्तानी समस्या समाधान गर्न, बसाइँसराइ रोक्ने कार्यक्रम बनाउन, विद्यालयलाई समायोजन गरेर आवासीयरूपमा सञ्चालन गर्न, परम्परागत कृषि प्रणालीलाई आधुनिकीकारण गर्दै स्थानीयवासीलाई व्यवसायिक बनाउनेलगायतका सुझाव दिएका छन् ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  २ : ५६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै