राजुनाथको मुद्दामा सुनुवाइ सकियो, आदेश आउन बाँकी « Khabarhub

राजुनाथको मुद्दामा सुनुवाइ सकियो, आदेश आउन बाँकी


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अन्तरिम आदेश माग गर्दै दायर गरेको रिटमाथि उच्च अदालत पाटनमा सुनुवाइ सकिएको छ ।

न्यायाधीशहरू ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठ सम्मिलित इजलास नं. ९ मा पाण्डेले आफूलाई पदबाट निलम्बन गर्ने काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरगाईंको निर्णयविरुद्ध उच्च अदालत दायर रिटमा सुनुवाइ सकिएको हो ।

पाण्डेले काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत सरोज गुरागाईं, महानगर प्रहरी बलका निमित्त प्रमुख विष्णु जोशी र नगर कार्यपालिका कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

२०८१ चैत २१ गते प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालयमा हाजिर हुन जाने क्रममा पाण्डे नेतृत्वको नगर प्रहरीको टोलीले अवरोध गरेको थियो । आफैंले परिचालन गर्ने नगर प्रहरीले अवरोध गरेपछि गुरागाईंले पाण्डेलाई कारबाहीसहित निलम्बन गरिदिएका थिए ।

महानगरले उक्त घटनाबारे छानबिन गर्न प्रशासन प्रमुख ध्रुव काफ्लेको नेतृत्वमा जाँचबुझ समिति पनि पनि बनाइसकेको छ।

पुरानो बसपार्कस्थित काठमाडौं भ्यू टावरको नक्सा पास विवादपछि तीन महिना बिदामा रहेका गुरागाईं कमलादीस्थित कार्यालयमा हाजिर हुन आउँदा मेयर बालेन्द्र साहले पाण्डे नेतृत्वको नगर प्रहरी उतारेका थिए ।

त्यसबेला उपप्रमुख सुनीता डंगोल र वडाध्यक्षहरूसमेत जुटेर गुरागाईंलाई हाजिर गराएका थिए । नगर प्रहरीले बल प्रयोग गरे पनि गुरागाईंले हाजिर भएर अहिले काम गरिरहेका छन् । यद्यपि उनी र मेयर बालेनबीच बोलचाल बन्दछ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ३ : ०५ बजे

‘ड्रोन’ तथा ‘नाइटभिजन क्यामेरा’मार्फत आपराधिक गतिविधि नियन्त्रण गरिने

काठमाडौं– सरकारले ‘ड्रोन’ तथा ‘नाइटभिजन क्यामेरा’ प्रयोग गरी आपराधिक गतिविधि

गगनले शेरबहादुर र शेखरनिकट १९ नेतालाई केन्द्रीय कार्यसमितिमा समेटे

काठमाडौं- दोस्रो विशेष महाधिवेशनमार्फत् सभापति बनेका गगनकुमार थापाले नेपाली कांग्रेस

सरकारलाई सर्वोच्चको धक्का : ट्रेड युनियनलाई प्रतिबन्ध नलगाउन अन्तरिम आदेश

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारलाई सर्वोच्च अदालतले दुईवटा धक्का दिएको

फिलिपिन्सकी उपराष्ट्रपति डुतेर्तेविरुद्ध महाभियोग लगाइने

एजेन्सी– फिलिपिन्सका सांसदहरूले सोमबार उपराष्ट्रपति सारा डुतेर्तेविरुद्ध महाभियोग लगाउने प्रस्तावहरू