मलेसियामा नेपाली कामदारलाई मरणासन्न हुने गरी कुटपिट « Khabarhub

मलेसियामा नेपाली कामदारलाई मरणासन्न हुने गरी कुटपिट


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसियामा सुरक्षागार्डमा कार्यरत एक नेपालीलाई कम्पनीका म्यानेजरले मरणासन्न हुने गरी कुटेका छन् ।

मलेसियाको जोरबारुस्थित फरेस्ट सिटी काउन्टी गार्डेनमा सुरक्षागार्डको रुपमा कार्यरत भोजपुर, नेपालडाँडा घर भएका मोहनचन्द्र थापामाथि कुटपिट भएको हो ।

कम्पनीका वाङ नाम गरेका म्यानेजरले उनलाई मरणासन्न हुने गरी कुटेको सोही कम्पनीमा कार्यरत थापाका काका अमरसिंह थापाले जानकारी दिए ।

बिरामी भइ कोठामा सुतेका थापालाई ड्युटीमा नगएको आरोपमा कुटपिट गरिएको उनका काकाले बताए । मादक पदार्थ सेवनको आरोप लगाउन कुटपिटपछि उनको शरीरमा रक्सी खनाइएको पनि उनले जानकारी दिए ।

कुटपिटको घटना बाहिर जान नदिन कम्पनीमा कार्यरत नेपालीहरुलाई कोठामा बन्धक बनाइएको छ । उनले भने, ‘हामीलाई बन्धक बनाएर राखिएको छ । साथमा रहेको मोबाइल पनि कब्जामा लिइएको छ ।’

घटना चार दिन अघि भएको हो । मोबाइल फोन खोसिएको तथा बन्धक बनाइएकाले घटनाबारे जानकारी ढिला आएको हो ।

पीडितका काका थापाले कम्पनीमा कार्यरत कर्मचारीको सहयोगमा जंगलबाट लुकेर नेपालस्थित आफन्त कृष्ण मगरलाई घटनाबारे जानकारी दिएका थिए । मगरले खबरहबलाई घटनाबारे जानकारी दिएका हुन् ।

घटनाबारे जानकारी मलेसियास्थित दूतावाससम्म पुग्न सकेको छैन । पीडितहरुले नेपाल सरकारसँग उद्दारका लागि सहयोग मागेका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ८ : ४७ बजे

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल

इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण

दुबई – इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा शनिबार

मनकामना माइक्रो दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस

‘अपरेसन ३६५’ अन्तर्गत १० वटा मोटरसाइकल नियन्त्रणमा

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अपरेसन ३६५’ अन्तर्गत