तिम्ल्याहा शिशु जन्माएकी हीरालाई ५० हजार सहयोग « Khabarhub

तिम्ल्याहा शिशु जन्माएकी हीरालाई ५० हजार सहयोग


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा– मोलुङ गाउँपालिकाले तिम्ल्याहा शिशु जन्माएकी एक आमालाई ५० हजार आर्थिक सहयोग गर्ने भएको छ । 

गत शुक्रबार सफल शल्यक्रियापछि एकै पटक तीन शिशुलाई जन्म दिएकी मोलुङ–६ श्रीचौरकी ३२ वर्षीया हीरा तामाङलाई गाउँपालिकाले ५० हजार नगद आर्थिक सहयोग गर्ने भएको हो । उनलाई तत्काल राहतस्वरूप उक्त सहयोग उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष उत्तम राईले बताए। 

‘नवजात शिशु र आमाका लागि पोषिलो खानेकुरा पुगोस् भनेर गाउँपालिकाले सहयोग गरेको हो’, उनले भने। गाउँपालिकाले आमा र शिशुको स्वास्थ्य परीक्षण, स्याहार र पोषणको अवस्था सुनिश्चित गर्न स्वास्थ्य शाखा र श्रीचौर स्वास्थ्यचौकीमार्फत विशेष निगरानी गर्ने समेत निर्णय गरेको छ । 

हाल आमा र तीनवटै शिशुको स्वास्थ्य सामान्य छ । 
 

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ८ : ५९ बजे

गर्मी र वर्षायाममा सर्पदंशको जोखिम : सचेतना अपनाउन आग्रह

काठमाडौं– नेपालमा गर्मी र वर्षायाम सुरु भएसँगै तराई तथा पहाडी

प्रधानमन्त्री नआएपछि कांग्रेसले गर्‍यो संसदीय समितिको बैठक बहिष्कार

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद् अन्तर्गत राज्य

दुआ लिपाको तस्बिर विवाद : सामसङविरुद्ध १ करोड ५० लाख डलरको मुद्दा

काठमाडौं– बेलायती पप गायिका दुआ लिपाले दक्षिण कोरियाली कम्पनी सामसङ इलेक्ट्रोनिक्सविरुद्ध १ करोड ५०

अमेरिकी एफ-३५ लडाकु जहाजले यूएईमा आकस्मिक अवतरण गरेको इरानी दाबी

तेहरान- इरानले अमेरिकी वायुसेनाको एउटा एफ-३५ लाइट्निङ आईआई लडाकु विमानले

सरकारी ठेक्का अलपत्र पारेको आरोपमा शर्मा एन्ड कम्पनीका अध्यक्ष पक्राउ

काठमाडौं- सरकारी ठेक्का अलपत्र पारेको आरोपमा नेपालको चर्चित निर्माण व्यवसायी