धेरै देश इजरायल र इरानबाट दूतावास उठाएर नागरिकको उद्धार गर्दै « Khabarhub

धेरै देश इजरायल र इरानबाट दूतावास उठाएर नागरिकको उद्धार गर्दै


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

इजरायल – इरान र इजरायल युद्ध सुरु भएपछि धेरै देशले तेहरानबाट आफ्नो दूतावास हटाएका छन्।

यसरी हटाउनेमा चेक गणतन्त्र, अस्ट्रेलिया, स्वीजरल्यान्ड र नेदरल्यान्ड छन्।

धेरै देशले ती दुवै देशबाट आफ्ना नागरिकलाई फिर्ता लगिरहेका छन्। अस्ट्रेलियाले इरानबाट १५०० तथा इजरायलबाट १२०० जनालाई फिर्ता बोलाएको छ। इजरायलबाट जहाज चढेर साइप्रसको बाटो हुँदै उनीहरू फर्किएका हुन्।

चीनले इरानबाट १६०० जनालाई फिर्ता लगेको छ। यसैगरी, इजरायलबाट पनि सयौँको मात्रामा आफ्ना नागरिकलाई फिर्ता बोलाएको छ।

चीनले आफ्ना नागरिकलाई अजरबैजान, तुर्केमिनिस्तान, टर्की, अर्मेनिया र इराकको बाटो हुँदै मानिसलाई फिर्ता बोलाएको छ।

११० जना भारतीय इरानबाट जमिनको बाटो हुँदै अर्मेनिया पुगेर त्यहीँबाट दिल्ली गएका छन्। भारतले इजरायलबाट पनि आफ्ना नागरिक फिर्ता बोलाउने योजना बनाएको छ। इजरायलमा ३० हजार भारतीय छन्।

जापानले जिबाउटीको बाटो हुँदै इजरायल र इरानबाट आफ्नो नागरिक फिर्ता बोलाउने तयारी गरेको छ। इजरायलमा एक हजार तथा इरानमा २८० जापानी छन्। युद्ध सुरु भएपछि पाकिस्तानले इरानबाट आफ्ना तीन हजार नागरिकलाई फिर्ता गरेको छ। पाकिस्तानले आफ्नो नागरिक भन्दा बाहेक अन्यका लागि इरानको सीमा बन्द गरिसकेको छ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  १० : १७ बजे

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका