धेरै देश इजरायल र इरानबाट दूतावास उठाएर नागरिकको उद्धार गर्दै « Khabarhub

धेरै देश इजरायल र इरानबाट दूतावास उठाएर नागरिकको उद्धार गर्दै


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

इजरायल – इरान र इजरायल युद्ध सुरु भएपछि धेरै देशले तेहरानबाट आफ्नो दूतावास हटाएका छन्।

यसरी हटाउनेमा चेक गणतन्त्र, अस्ट्रेलिया, स्वीजरल्यान्ड र नेदरल्यान्ड छन्।

धेरै देशले ती दुवै देशबाट आफ्ना नागरिकलाई फिर्ता लगिरहेका छन्। अस्ट्रेलियाले इरानबाट १५०० तथा इजरायलबाट १२०० जनालाई फिर्ता बोलाएको छ। इजरायलबाट जहाज चढेर साइप्रसको बाटो हुँदै उनीहरू फर्किएका हुन्।

चीनले इरानबाट १६०० जनालाई फिर्ता लगेको छ। यसैगरी, इजरायलबाट पनि सयौँको मात्रामा आफ्ना नागरिकलाई फिर्ता बोलाएको छ।

चीनले आफ्ना नागरिकलाई अजरबैजान, तुर्केमिनिस्तान, टर्की, अर्मेनिया र इराकको बाटो हुँदै मानिसलाई फिर्ता बोलाएको छ।

११० जना भारतीय इरानबाट जमिनको बाटो हुँदै अर्मेनिया पुगेर त्यहीँबाट दिल्ली गएका छन्। भारतले इजरायलबाट पनि आफ्ना नागरिक फिर्ता बोलाउने योजना बनाएको छ। इजरायलमा ३० हजार भारतीय छन्।

जापानले जिबाउटीको बाटो हुँदै इजरायल र इरानबाट आफ्नो नागरिक फिर्ता बोलाउने तयारी गरेको छ। इजरायलमा एक हजार तथा इरानमा २८० जापानी छन्। युद्ध सुरु भएपछि पाकिस्तानले इरानबाट आफ्ना तीन हजार नागरिकलाई फिर्ता गरेको छ। पाकिस्तानले आफ्नो नागरिक भन्दा बाहेक अन्यका लागि इरानको सीमा बन्द गरिसकेको छ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  १० : १७ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड