औलोका सात जना बिरामी भेटिए | Khabarhub Khabarhub

औलोका सात जना बिरामी भेटिए


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

चितवन– चालु आर्थिक वर्षमा सात जना औलो (मलेरिया) रोगका बिरामी भेटिएका छन् । औलो रोग सङ्क्रमणको आशङ्कामा उपचारका लागि आएका सात हजार ९८९ जनाको नमुना परीक्षण गर्दा सात जनामा सङ्क्रमण देखिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार यसरी सङ्क्रमण देखिनेमा वैदेशिक रोजगारीबाट फर्किएका छन् । गत आर्थिक वर्षमा १० जनामा उक्त रोगको सङ्क्रमण देखिएको थियो । 

पन्ध्र वर्ष उमेरभन्दा बढीमा यो रोग देखिएको उनले बताए। यो रोग एनोफलिज जातको लामखुट्टेले टोक्दा हुने गर्दछ । रोग लाग्दा ज्वरो आइरहने वा दिन बिराएर ज्वरो आउने, टाउको बेस्सरी दुख्ने, वान्ता हुने, जाडो हुने, कम्पन छुट्ने, पसिना आएर ज्वरो घट्ने लक्षण देखिने गरेको छ । 

उनका अनुसार अहिले औलो रोग निवारण गर्नेगरी कार्यक्रम सञ्चालन हुँदै आएको छ । नेपालमा पी भाइभाक्स परजीवी ७० देखि ८० प्रतिशत देखिने गरेको छ । विदेशबाट आउने नेपालीमा पी फाल्सीपारम परजीवी भेटिने गरेको उनले बताए।

औलो सङ्क्रमित लामखुट्टेको टोकाइबाट यो रोग सर्दछ । घर गाउँ र समुदाय सफा राखी लामखुट्टेले फुल पार्ने ठाउँलाई पुर्ने, सुत्दा झुलभित्र सुत्नेजस्ता कार्य गर्नु आवश्यक रहेको उनले बताए।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ११ : ४९ बजे

धनुष-मृणालको सम्बन्धको अफवाहलाई मृणालले दिइन् जवाफ

मुम्बई – बलिउड अभिनेत्री मृणाल ठाकुर र दक्षिण भारतीय सुपरस्टार

कानूनसहित पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा संसदीय समितिका बैठक बस्दै

वराहक्षेत्रका मठमन्दिरको कन्तबिजोग, न गुठीको आम्दानी, न भक्तजनको घुइँचो

काठमाडौं- सुनसरी जिल्लाको साविक वराहक्षेत्र गाविससँगै भरौल, महेन्द्रनगर, प्रकाशपुर र

स्पेन र पोर्चुगलको तापक्रम ४० डिग्री नाघ्यो

स्पेन – दक्षिणी युरोपमा तापक्रम बढी रहेको छ यो क्षेत्रमा

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयसम्बन्धी प्रश्नमा मन्त्रीले जवाफ दिने

काठमाडौं– प्रतिनिधिसभा बैठक आज (बुधबार) बस्दैछ । बैठक दिउँसो १