बेलायतको एअरबेसमा प्यालेस्टाइन समर्थकले अनधिकृत प्रवेश गरी हुलहुज्जत गरेपछि… « Khabarhub

बेलायतको एअरबेसमा प्यालेस्टाइन समर्थकले अनधिकृत प्रवेश गरी हुलहुज्जत गरेपछि…


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायतमा रहेको शाही वायुसेनाको आधारमा अनधिकृत प्रवेश गरी प्यालेस्टाइन समर्थकले हुलहुज्जत गरेका छन् । प्यालेस्टाइन समर्थक दुई व्यक्तिले अक्सफोर्ड शहरनजिकै रहेको रोयल एअरफोर्स बेस ब्रिज नोर्टनमा अनधिकृत प्रवेश गरी दुई वटा लडाकु विमानमा रातो रंग छ्यापेको बीबीसीले जनाएको छ ।

बेलायती रक्षा मन्त्रालयले यस घटनाका कडा निन्दा गरेको छ । घटनाबारे अनुसन्धान गर्न प्रहरीसँग सहकार्य गरिरहेको पनि रक्षा मन्त्रालयले उल्लेख गरेको छ ।

प्यालेस्टाइन एक्सन नामक समूहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियो फुटेजमा अध्यारोमा दुई जना एअरबेसमा प्रवेश गरेको देखिन्छ । उनीहरु स्कुटर चढेर त्यहाँ पुगेको देखिएको छ ।

त्यसपछि उनीहरुले त्यहाँ रहेका एअरबस भोयेजर आकाशबाट आकाशमा इन्धन भर्न मिल्ने ट्याङ्कर विमानको जेट इन्जिनमा स्प्रे पेन्ट गरेको देखिन्छ । उक्त समूहले सुरक्षा घेरा पार गरी आपूर्ति विमानलाई पुनः सञ्चालन नहुनेगरी निस्तेज पारेको दाबी गरेका छन् ।

उक्त समूहका प्रवक्ताले सार्वजनिक रुपमा चर्को निन्दा भएपनि बेलायतले इजरायल सरकारलाई गर्दै आएको सैन्य सहयोगप्रति असन्तुष्टि जनाएका छन् । यो एअरबेस शाही वायुसेनाका लागि रणनीतिक आपूर्ति तथा इन्धन भर्ने केन्द्रका रुपमा रहेको छ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ३ : २५ बजे

साफ महिला च्याम्पियनसिप : आज नेपाल र भुटान तथा बंगलादेश र भारत खेल्ने

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज

ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र

बाँके– ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक

प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरु

धादिङ– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा प्रेस काउन्सिल नेपालले

कैफियत देखिएपछि तीन फर्मलाई कारबाही

काठमाडौं– नियमित बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति

राष्ट्रपति पौडेल जापानको टोकियोमा

काठमाडौं – चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज