पहिलो ओभरमै नेपालले गुमायो भुर्तेलको विकेट | Khabarhub Khabarhub

पहिलो ओभरमै नेपालले गुमायो भुर्तेलको विकेट


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्कटल्याण्डविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले पहिलो ओभरमा नै विकेट गुमाएको छ । पहिलो ओभरको चौथो बलमा नै नेपालका ओपनर कुशल भुर्तेल आउट भएका हुन् । उनले एक चौका प्रहार गर्दै चार रन मात्र बनाउन सके । अहिले आशिफ शेख र भीम सार्की क्रिजमा छन् ।

यसअघि ग्लासगोमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९३ रन बनाएपछि नेपालले १९४ रनको लक्ष्य पछ्याइरहेको छ ।

स्कटल्याण्डका लागि जर्ज मुन्सेले शानदार अर्धशतक प्रहार गरे । उनले ३९ बलमा ५ चौका र ६ छक्कासहित ७८ रन बनाए । यस्तै ब्रान्डन म्याकमुलेनले पनि ३० बलमा महत्वपूर्ण ४२ रन बनाए । माइकल लीस्कले नटआउट २६ र म्याथ्यू क्रसले १७ रन बनाए ।कप्तान रिची बेरिङ्टन ९ रनमा आउट हुँदा मार्क वाटले पनि ९ रन नै बाए ।

नेपालका लागि कुशल भुर्तेलले दुई विकेट लिए । त्यस्तै सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश सिंहले एक एक विकेट लिए ।

नेपालले स्कटल्याण्ड्सविरुद्धको खेलमा करण केसीलाई विश्राम दिएर रिजन ढकाललाई मैदान उत्रारेको छ । आजको खेल दुवै टोलीलाई निर्णायक हो । दुवै टोली सिरिज आफ्नो पोल्टामा पार्न चाहन्छन् ।

नेपाल ३ खेलबाट २ मा जित र १ मा पराजयसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । स्कटल्याण्ड समान २ खेलबाट २ हार र १ सहित तेस्रो स्थानमा छ । नेपालले यो खेल जित्यो भने ६ अंक हुन्छ । यसबाट नेपालले उपाधि चुम्नेछ ।

उता रन रेटमा अगाडि रहेको स्कटल्याण्डले जितेमा अंक बराबर हुनेछ । तर नेट रन रेटमा अगाडि रहेकाले स्कटल्याण्डले उपाधि जित्नेछ ।

यसअघि सिरिजको पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई २ विकेटले हराएको थियो । नेपाल गत सोमबार नेदरल्याण्ड्ससँग हारेको थियो । बिहीबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हराउँदै तालिकाको शीर्ष स्थानमा राखेको छ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ९ : ४१ बजे

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

गाजा – गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी

जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी

रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने