दक्षिण अफ्रिकाको क्रिकेटमा पीडा भुल्ने अवसर | Khabarhub Khabarhub

दक्षिण अफ्रिकाको क्रिकेटमा पीडा भुल्ने अवसर


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

सन् १९९० को दशकको सुरुवात, रङ्गभेद नीतिको कारण अन्तर्राष्ट्रिय क्षेत्रले लगाएको प्रतिबन्ध फुकुवा हुँदै दक्षिण अफ्रिका विश्व क्रिकेटमा उपस्थित भएको थियो। त्यसयता तीन दशक भन्दा लामो समय प्राय आइसिसी प्रतियोगितामा दक्षिण अफ्रिकी टोली उपाधिको दाबेदारको रूपमा खेलेको थियो।

अन्तिम समयमा नसोचेको ढङ्गले चुक्ने गरेको दक्षिण अफ्रिकाले यस पटक टेस्ट विश्व च्याम्पियनसिपमा भने नपत्याउँदो ढङ्गले ‘कम ब्याक’ गर्दै उपाधि जितेको छ। कप्तान तेम्भा बभुमाले टोलीको सही नेतृत्व मात्र गरेनन्, आवश्यक समयमा धैर्यता कायम गर्दै बहादुरी पूर्व प्रदर्शन गरे। चोट ग्रस्त हुनुको बाबजुद रिटायर्ड हर्ट हुनुको बाबजुद क्रिजमा अडिग रहने कप्तान बभुमाको सोही निर्णय दक्षिण अफ्रिकाको इतिहास रच्नका लागि महत्त्वपूर्ण सावित भयो।

दक्षिण अफ्रिकाले जितेको सन् २०२५ को टेस्ट च्याम्पियनसिपको उपाधि एउटा उपाधि मात्र थिएन। एउटा नौलो इतिहास थियो। त्यो इतिहासका दुई नायक थिए, तेम्भा बभुमा र आइडन म्याक्रम।

यसले दक्षिण अफ्रिकी क्रिकेटमा एउटा नयाँ खुसी दिएको थियो। गएको साता लर्ड्स मैदानमा दक्षिण अफ्रिकाले सफलता पाए सँगै विगतमा विश्व च्याम्पियन हुने चाहना सहित अघि बढेर असफल भएका धेरै जनाले एकै पटक खुसी व्यक्त गरेका थिए। फाफ डु प्लेसिस, मखाया एनिटीनी, हर्सल गिब्स, ए बी डी भिलियर्स सबै खुसी थिए ।

सन् २०२३ देखि २०२५ को विश्व च्याम्पियनसिप साइकलमा दक्षिण अफ्रिकाले घरेलु भूमिमा भएका ६ मध्यका ५ टेस्टमा सफलता पाएको थियो। दक्षिण अफ्रिका एक पटक घरेलु भूमिमा भारतसँग हारेको थियो। भारतसँग पराजित भएको सो खेल दुई दिनमा नै सकिएको थियो।

यसले दक्षिण अफ्रिका मात्र संसारका अन्य धेरै देशका स्टारलाई खुसी दिएको थियो। भारतीय स्टार युवराज सिंहले त ट्विट गर्दै दक्षिण अफ्रिकालाई बधाई दिए। उनले यसलाई अभूतपूर्व उपलब्धिको संज्ञा दिए। १४ जुनका दिन कायल भेरायनले खानाको समय भन्दा अघि नै दक्षिण अफ्रिकाका लागि विजयी रन प्रहार गरेका थिए। २८२ रनको लक्ष्य पुरा गर्नका लागि ६ रन मात्र बाँकी रहेको समयमा सो खेलका नायक आइन म्याक्रम आउट भएका थिए।

११ जुनमा सुरु भएको टेस्टको सुरुवातमा नै धेरै उथलपुथल देखिएको थियो। दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई पहिलो पारीमा २१२ रनमा सीमित गरेको थियो। दक्षिण अफ्रिका पनि १३८ रनमा आउट भएपछि कमब्याकको सम्भावना कमै देखिएको थियो। दोस्रो पारीमा अस्ट्रेलियाले २०७ रनको जोडेको थियो। १० औँ विकेटका लागि ५९ रनको साझेदारी भएपछि २८२ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकालाई सुरुवातमै मिचेल स्टार्कले २ विकेट लिएर झट्का दिएका थिए।

सन् २०२३ देखि २०२५ को विश्व च्याम्पियनसिप साइकलमा दक्षिण अफ्रिकाले घरेलु भूमिमा भएका ६ मध्यका ५ टेस्टमा सफलता पाएको थियो। दक्षिण अफ्रिका एक पटक घरेलु भूमिमा भारतसँग हारेको थियो। भारतसँग पराजित भएको सो खेल दुई दिनमा नै सकिएको थियो।

त्यस लगत्तै दक्षिण अफ्रिकाले पाकिस्तान र श्रीलङ्कालाई क्लीन स्वीप गरेको थियो। त्यसबीचमा घर बाहिर दक्षिण अफ्रिकाले ६ मध्य तीन खेलमा सफलता पाएको थियो। सोही तीन मध्य बङ्गलादेश माथिको जित पनि समावेश थियो। दक्षिण अफ्रिकाले एसियामा पाएको त्यो पहिलो सफलता थियो।

लगातार आठ खेलको विजयी यात्रा
सन् २०२४ मा दक्षिण अफ्रिकाले अन्तिम पटक न्युजिल्यान्डसँग २–० ले पराजित भएको थियो। ३ शृङ्खला तथा ६ टेस्ट बाँकी रहँदा दक्षिण अफ्रिका अङ्क तालिकामा सातौँ स्थानमा थियो। फाइनल प्रवेशका लागि दक्षिण अफ्रिकाका लागि ६ टेस्टमा नै जित हात पार्न आवश्यक थियो।

सन् २०१९ मा विश्व टेस्ट च्याम्पियनसिपको संरचना तयार भएपछि ८ खेलको विजयी यात्रा सबै भन्दा लामो हो। पहिलो पटक भारतले ७ लगातार जित हात पार्दै कीर्तिमान कायम गरेको थियो। न्युजिल्यान्डले पनि त्यसमा बराबरी गरेको थियो। दक्षिण अफ्रिकाले यस ८ जित अघि वेस्ट इन्डिजसँग एक बराबरी गरेको थियो। सो बराबरीलाई हेर्ने हो भने दक्षिण अफ्रिका लगातार नौ खेलमा अपराजित यात्रा गर्ने अस्ट्रेलियाको कीर्तिमानसँग बराबरी गर्न सफल भएको हो। सन् २०२१–२२ मा अस्ट्रेलियाले पनि लगातार ८ खेलमा बराबरी गरेको थियो।

कुशल कप्तान बभुमा
सन् २०२३–२५ को साइकल सुरु हुने अघि दक्षिण अफ्रिकाले बभुमालाई टेस्ट कप्तान चयन गरेको थियो। यस बिचमा उनी सुरुवाती १० मध्यका ९ मा जित हात पार्न सफल भए। यो इङ्गल्यान्डका पर्सी चापम्यनको कीर्तिमानसँग बराबरी हो। उनले यस साइकलका १३ पारीमा ७११ रन प्रहार गरे। दक्षिण अफ्रिका यो सफलतामा फास्ट बलरको भूमिका पनि महत्त्वपूर्ण छ।

बारम्बार चुकेको दक्षिण अफ्रिका
बारम्बार चुकेको दक्षिण अफ्रिकाको नाममा अर्को कीर्तिमान पनि छ। सन् १९९२,२००३ र २०१५ को विश्वकपमा वर्षा दक्षिण अफ्रिकाको यात्रामा बाधक बनेको थियो। सन् १९९९ मा अस्ट्रेलियासँगको सेमिफाइनलमा टाई भए पछि यस अघिको परिणामको आधारमा बाहिरिनुको पीडा दक्षिण अफ्रिकाले बोकेको थियो।

सन् २०२३ देखि आइसिसीले गरेका हरेक प्रतियोगितामा सेमिफाइनल प्रवेश गर्ने अभूतपूर्व सफलता दक्षिण अफ्रिकाले पाएको थियो। यस बीचमा दक्षिण अफ्रिकी महिला टोली र युवा टोली पनि विश्व उपाधिको नजिक नपुगेका होइनन्।

सन् २०२४ मा भएको टी–२० विश्वकपमा त दक्षिण अफ्रिकाले जितका नजिक पुगेर पनि उपाधि भारतलाई सुम्पेको थियो।

साउन पोलाक, बि डी भिलियर्स, ज्याक्स कालिस, ग्रेम स्मिथ लगायत स्टारले दक्षिण अफ्रिकी क्रिकेटको साखलाई माथि उठाएका थिए तर विश्व च्याम्पियन हुन पाएनन्। यस पटक बभुमाको टोलीले त्यो पाएको छ। दोस्रो पारीमा १३६ रन प्रहार गरेका म्याक्रमका लागि यो शतक जीवनमा भुल्नै नसकिने क्षण बनेको छ।
स्रोतः क्रिकइन्फो, क्रिक बज र आइसिसी

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ७ : १३ बजे

मनाङमा मनाइयो अन्तरराष्ट्रिय योग दिवस

मुस्ताङ– अन्तराष्ट्रिय योग दिवसको अवसरमा मुस्ताङमा विभिन्न कार्यक्रम गरी मनाइएको

‘यातायात क्षेत्रका समस्या समाधानमा सबैको सहयोग आवश्यक’

जनकपुरधाम– मधेस प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री कौशलकिशोर रायले दैनिक

इरानमा रहेका नेपालीको उद्धारमा सहयोग गर्न लागेकोप्रति भारतलाई धन्यवाद

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले इरानमा रहेका नेपाली

व्यस्त जीवनशैलीलाई योगामार्फत व्यवस्थित गरौँ : मुख्यमन्त्री सिंह

वीरगञ्ज- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो व्यस्त जीवनशैलीलाई योगामार्फत

संसद्‍मा योगेश भट्टराईको प्रश्न- विपिन जोशीलाई किन स्वदेश फर्काउन सकेनौँ

काठमाडौं– सत्ता साझेदार नेकपा एमालेका सांसद योगेश भट्टराईले इजरायल अध्ययनका