रिलायन्ससँग मिलेर फ्रान्सेली कम्पनी दासउले भारतमै विमान उत्पादन गर्ने | Khabarhub Khabarhub

रिलायन्ससँग मिलेर फ्रान्सेली कम्पनी दासउले भारतमै विमान उत्पादन गर्ने


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फ्रान्सको विमान निर्माता कम्पनी दासउले भारतीय कम्पनीसँग मिलेर भारतमै उत्पादन थाल्ने भएको छ । विज्ञप्ति जारी गर्दै दासउले भारतीय कम्पनी रिलायन्ससँग मिलेर भारतमा फाल्कन २००० एलएक्सएस एक्जुकेटिभ जेट निर्माण गर्न लागेको जानकारी दिएको हो ।

यसबारे पेरिस एअर शोमा दुई कम्पनीबीच सम्झौता समेत भएको छ ।

विश्व बजारलाई ध्यानमा राख्दै भारतमा विमान निर्माणका लागि सम्झौता गरिएको कम्पनीले उल्लेख गरेको छ । यससँगै दासउले पहिलो पटक यस विमान फ्रान्सबाहिर निर्माण गर्नेछ ।

दासउले यसलाई भारतका लागि निकै महत्वपूर्ण क्षण भनेको छ । यससँगै अमेरिका, फ्रान्स, क्यानाडा र ब्राजिलपछि नयाँ पुस्ताको बिजनेस जेट उत्पादन गर्ने मुलुकको सूचीमा भारत पनि अटाउनेछ ।

यस साझेदारीले भारतको हवाई उत्पादन क्षमतालाई विस्तार गर्न महत्वपूर्ण कदम हुने दासउको विश्वास छ । यस पहलले भारतलाई अत्याधुनिक विमान निर्माणमा रणनीतिक केन्द्र बनाउने पनि कम्पनीले अपेक्षा गरेको छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ७ : २२ बजे

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण

पर्यटक बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

चितवन – पर्यटक बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

देवघाटमा मलामी गएका युवा नदीमा बेपत्ता

चितवन – मलामी गएका युवा नारायणी नदीमा बेपत्ता भएका छन्