रिलायन्ससँग मिलेर फ्रान्सेली कम्पनी दासउले भारतमै विमान उत्पादन गर्ने « Khabarhub

रिलायन्ससँग मिलेर फ्रान्सेली कम्पनी दासउले भारतमै विमान उत्पादन गर्ने


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फ्रान्सको विमान निर्माता कम्पनी दासउले भारतीय कम्पनीसँग मिलेर भारतमै उत्पादन थाल्ने भएको छ । विज्ञप्ति जारी गर्दै दासउले भारतीय कम्पनी रिलायन्ससँग मिलेर भारतमा फाल्कन २००० एलएक्सएस एक्जुकेटिभ जेट निर्माण गर्न लागेको जानकारी दिएको हो ।

यसबारे पेरिस एअर शोमा दुई कम्पनीबीच सम्झौता समेत भएको छ ।

विश्व बजारलाई ध्यानमा राख्दै भारतमा विमान निर्माणका लागि सम्झौता गरिएको कम्पनीले उल्लेख गरेको छ । यससँगै दासउले पहिलो पटक यस विमान फ्रान्सबाहिर निर्माण गर्नेछ ।

दासउले यसलाई भारतका लागि निकै महत्वपूर्ण क्षण भनेको छ । यससँगै अमेरिका, फ्रान्स, क्यानाडा र ब्राजिलपछि नयाँ पुस्ताको बिजनेस जेट उत्पादन गर्ने मुलुकको सूचीमा भारत पनि अटाउनेछ ।

यस साझेदारीले भारतको हवाई उत्पादन क्षमतालाई विस्तार गर्न महत्वपूर्ण कदम हुने दासउको विश्वास छ । यस पहलले भारतलाई अत्याधुनिक विमान निर्माणमा रणनीतिक केन्द्र बनाउने पनि कम्पनीले अपेक्षा गरेको छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ७ : २२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार