१६१ देशसँग व्यापार गर्दै नेपाल, १२४ मुलुकसँग घाटा | Khabarhub Khabarhub

१६१ देशसँग व्यापार गर्दै नेपाल, १२४ मुलुकसँग घाटा



काठमाडौँ – नेपालले १६१ वटा मुलुकसँग वैदेशिक व्यापार गर्दै आएको छ । जसमध्ये ३७ वटा मुलुकसँग व्यापार नाफा र १२४ वटा मुलुकसँग व्यापार घाटाको अवस्था रहेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार नेपालले वैदेशिक व्यापार गरेका मुलुकमध्ये अफगानिस्तानसँग सबैभन्दा धेरै व्यापार नाफाको अवस्था रहेको छ भने भारतसँग सबैभन्दा धेरै व्यापार घाटाको अवस्था छ ।

चालु आर्थिक वर्षको ११ महिना अर्थात् जेठ मसान्तसम्मको वैदेशिक व्यापारमा नेपालले अफगानिस्तानबाट चार करोड २५ लाख २० हजार रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो भने भने ७४ करोड १८ लाख ३६ हजार रुपैयाँको वस्तु अफगानिस्तान निर्यात गरेको थियो ।

त्यस्तै; नेपालले डेनमार्क, रसिया फेडेरेसन, रोमानिया, लाओ पिपल्स डेमोक्य्राटिक, आइसल्यान्ड, न्यू क्यालेडोनिया, माल्दिभ्स, यमन, माल्टा, क्रोयसिया लगायतका ३७ वटा मुलकमा नाफाको वैदेशिक व्यापार गरेको छ ।

तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालबाट अफगानिस्तानमा डोजरसँग सम्बन्धित सामग्री र औषधिजन्य सामग्री निर्यात भएको छ । त्यस्तै, डेनमार्कमा क्रिसमस पर्वमा प्रयोग हुने सजावटका सामग्री, विभिन्न प्रकारका कपडा, जुत्ता लगायतका सामग्री निर्यात भएका छन् ।

समीक्षा अवधिमा नेपालले डेनमार्कबाट ३५ करोड १५ लाख ४८ हजार रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो भने ६२ करोड ७२ लाख ७४ लाख रुपैयाँ बराबरको वस्तु सो देशमा निर्यात गरेको थियो ।

साथै, नेपालले तेस्रो फाइदाको व्यापार गरेको मुलुक रसियन फेडेरेसनमा यहाँबाट चिया, कार्पेट लगायतका वस्तु निर्यात भएका छन् । नेपालले समीक्षा अवधिमा रसियन फेडेरेसनबाट १० करोड ५२ लाख २४ हजार रुपैयाँको विभिन्न वस्तु आयात गरेको थियो भने १७ करोड ७३ लाख एक हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो ।

नेपालको नाफाको व्यापार भएका १० मुलुकहरू (रु. हजारमा)

देशआयातनिर्यातव्यापार सन्तुलन
अफगानिस्तान४२,५२०७,४१,८३६६,९९,३१७
डेनमार्क३,५१, ५४८६,२७,२७४२,७५,७२६
रसियन फेडेरेसन१,०५,२४२१,७७,३०१७२,०५८
रोमानिया८७,८५७१,५८,५१७७०,६६०
लाओस६,९४४३३,९८१२७,०३७
आइसल्यान्ड३०७२२,३०४२१,९९८
न्यू क्यालेडोनिया१५,६०२१५,५९८
माल्दिभ्स३,१५९१५,७९६१२,६३७
यमन१२,१०४१२,१०४
माल्टा२,११०१३,९८९११,८७९

१२४ मुलुकसँग व्यापार घाटा

समीक्षा अवधिमा नेपालले गरेको वैदेशिक व्यापारमध्ये सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग रहेको छ । साथै, नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार आयात र निर्यात दुवै पक्ष पनि भारतसँग नै रहेको छ ।

समीक्षा अवधिमा नेपालले भारतमा दुई खर्ब ८९ करोड ८१ लाख ४८ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । सोही अवधिमा नेपालले भारतबाट नौ खर्ब ७७ अर्ब १३ करोड ८० लाख ९९ हजार रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । समीक्षा अवधिमा नेपालको भारतसँगको व्यापार घाटा सात खर्ब ७६ अर्ब २३ करोड ९९ लाख ५० हजार रुपैयाँ रह्यो ।

त्यस्तै, ११ महिनाको अवधिमा नेपालको दोस्रो ठूलो व्यापार घाटा छिमेकी मुलुक चीनसँग रहेको छ । सो अवधिमा नेपालमा चीनबाट तीन खर्ब १४ अर्ब ५७ लाख ५६ करोड ९७ हजार रुपैयाँको वस्तु आयात भएको छ भने सोही अवधिमा नेपालबाट चीनमा दुई अर्ब ४८ करोड १७ लाख २४ हजार रुपैयाँ मात्रै वस्तु निर्यात भएको छ ।

त्यस्तै, नेपालको धेरै वैदेशिक व्यापार घाटा हुने मुलुकहरूमा अर्जेन्टिना, युक्रेन, युनाइटेड अरब इमिरेट्स, अष्ट्रेलिया, इन्डोनेसिया, थाइल्यान्ड, मलेसिया, ब्राजिल लगायतका मुलुकहरू रहेका छन् ।

समीक्षा अवधिमा नेपालमा सबैभन्दा धेरै डिजेल, सोयाबिन तेल र त्यसको कच्चापदार्थ, पेट्रोल, ग्यास, फलाम, औषधिजन्य सामग्री, स्मार्टफोन लगायतका वस्तु आयात भएका छन् ।

त्यस्तै, निर्याततर्फ भने सोयाबिन तेल र कच्चापदार्थ, सुर्यमुखी तेल, कार्पेट, अलैँची लगायतका वस्तु रहेका छन् ।

धेरै व्यापार घाटा रहेका १० मुलुकसँग नेपालको व्यापार अवस्था :

देशआयातनिर्यातव्यापार सन्तुलन
भारत९७,७१,३८,०९९२०,०८,९८,१४८७७,६२,३९,९५०
चीन३१,४५,७५,६९७२४,८१,७२४३१,२०,९३,९७३
अर्जेन्टिना८,६४,१०,२७१३,३५५८,६४,०६,९१५
युक्रेन२,४०,०९,१०३६,६२९२,४०,०२,४७४
युनाइटेड अरब इमिरेट्स२,४८,१९,५११२६,२२,५२२२,२१,९६,९८९
अष्ट्रेलिया१,८६,२२,२९५१६,१९,४०९१,७०,०२,८८५
इन्डोनेसिया१,३८,८३,९३६३,१८,१८३१,३५,६५,७५३
थाइल्यान्ड१,३०,७५,३८७५०,८३३१,३०,२४,५५४
मलेसिया१,२७,०२,८२३१,८४,६१३१,२५,१८,२०९
ब्राजिल१,०६,२६,८३५३०,४७३१,०५,९६,३६३

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  २ : ४४ बजे

मिथेन ग्यास र धौवादी फलामको उत्खननबारे ब्रिफिङः छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन र

‘दुश्मन हेरेको हेर्‍यै’ १० करोडले हेरेपछि ओलीले दुर्गशलाई दिए बधाई

काठमाडौं – गायक दुर्गेश थापाको लोकप्रिय गीत ‘दुश्मन हेरेको हेर्‍यै’

चिया निर्यात ४० प्रतिशतले बढ्यो

झापा – मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को

अमेरिकी आक्रमणबाट इरानमा कति भयो क्षति ?

दुबई – संयुक्त राज्य अमेरिकाले आइतबार इरानका प्रमुख आणविक स्थापनाहरूमा

खेलाडी उत्पादन गर्दै रामपुर नगरपालिका

पाल्पा – खेलक्षेत्रको विकास गर्न रामपुर नगरपालिकाले खेलाडी उत्पादनमा जोड