काठमाडौं – एकता पौडेलको डेब्यू निर्देशन रहेने फिल्म ‘हर्ष’को प्रदर्शन मिति मंसिर १२ लाई तोकिएको छ ।
सोमबार निर्माण पक्षले टाइटल भिडियो सार्वजनिक गरी प्रदर्शन मिति र शीर्ष कलाकारबारे जानकारी गराएको हो ।
उक्त भिडियो अनुसार फिल्मको नायक खगेन्द्र लामिछाने हुन् भने नायिका वर्षा राउत रहेकी छन् । सन्तोष पन्त र शर्मिला मल्ल मुख्य भूमिकामा रहेका छन् ।
एकता पौडेल स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी हुन् । यस क्षेत्रमा उनको परिचय पनि शिव रेग्मीकै भान्जीकारुमा विस्तार भइरहेको छ ।
टाइटल भिडियोको सुरुवातमै फिल्म ‘हर्ष’ ‘स्वर्गीय मामा’ अर्थात् शिव रेग्मीप्रति समर्पित भन्ने उल्लेख गरिएको छ । अर्थात्, एकताले यो फिल्म शिव रेग्मीप्रति समर्पित गरेकी छन् ।
यो फिल्मको प्रोस्ट प्रोडक्सनको काम अहिले जारी छ । दर्शकले मंसिरमा फरक स्वादको फिल्म ‘हर्ष’ हेर्न पाउने एकताको विश्वास छ ।
अष्टलक्ष्मी प्रोडक्सन्स् र ई(प्राईम मुभिजको ब्यानरमा निर्माण भएको यस फिल्मको लेखक निर्देशक पौडेल आफैँ हुन् । फिल्मको निर्माताहरु प्रशन्न पौडेल र विकास पौडेल हुन् ।
प्रतिक्रिया