एसीसी यु–१६ इस्ट जोन क्रिकेटमा नेपालको दोस्रो जित, जापान ९ विकेटले पराजित | Khabarhub Khabarhub

एसीसी यु–१६ इस्ट जोन क्रिकेटमा नेपालको दोस्रो जित, जापान ९ विकेटले पराजित


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले दोस्रो जित निकालेको छ ।

मलेसियाको कोजल टुन्कु जाफर ओभल क्रिकेट मैदानमा मंगलबार भएको खेलमा जापानलाई ९ विकेटले हराउँदै नेपालले सहज जित निकालेको हो ।

जापानले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४ ओभर २ बलमा १ विकेट गुमाएर पूरा गर्‍याे ।

नेपालका शिवांश बजगाईँले सर्वाधि ३८ रन जोडे । यस्तै, प्रसिद्ध जैसीले ३३ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जापानले ३४ ओभर ३ बलमा अलआउट हुँदै ८० रन बनाएको थियो ।

जापानका चार्ली हाराहिन्जीले ३६ तथा गम्बी हाराहिन्जीले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका शुभम खनालले ५, अभय यादवले २ तथा शुशील रावल र विपिन शर्माले १–१ विकेट लिए ।

यो जितसँगै नेपालले दुई खेलबाट ४ अंक जोडेको छ । यसअघिको खेलमा नेपालले सिंगापुरलाई हराएको थियो । पराजित भएको जापानको दुई अंक छ ।

नेपालले आफ्नो तेस्रो खेल आइतबार इन्डोनेसियासँग खेल्नेछ ।

प्रतियोगितामा नेपाल सहित १० टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान तथा जापान छन् भने समूह ‘बी’ मा मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन् ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ११ : ५१ बजे

चर्को आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं–  उपत्यका ट्राफिक प्रहरी कार्यालयले चर्को आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिएको

राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

सहकारी पीडितको समस्या समाधानबारे प्रधानमन्त्री : जे गर्नुपर्छ गरौँ, ठगेर हिँड्नेलाई नछाडौँ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सहकारी पीडितहरूको समस्या समाधानका लागि पहल

प्रवासी कामदारको स्वास्थ्य रक्षाको मुद्दामा विश्व स्वास्थ्य संगठन सहमत

काठमाडौं– निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अघि सारेको प्रवासी

बजारलाई थप व्यवस्थित बनाउन अनुगमनलाई तीव्रता दिँदै कामपा

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौँ महानगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाएको छ