अस्ट्रेलिया र वेस्ट इन्डिज टेस्टमा बलर हाबी : एकै दिन १४ विकेट « Khabarhub

अस्ट्रेलिया र वेस्ट इन्डिज टेस्टमा बलर हाबी : एकै दिन १४ विकेट


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

ब्रिज टाउन – वेस्ट इन्डिज र अस्ट्रेलियाको पहिलो टेस्टमा बलर हाबी भएका छन्। ब्रिज टाउनमा जारी टेस्टको पहिलो दिन नै १४ विकेट खसेको छ। अस्ट्रेलिया १८० रनमा सीमित भएपछि ब्याटिङ सुरु गरेको वेस्ट इन्डिजले पहिलो दिनको खेल सकिँदा चार विकेटको क्षतिमा ५७ रन जोडेको छ। घरेलु टोली वेस्ट इन्डिजका ब्रान्डन किङले २३ तथा कप्तान रोस्टन चेजले १ रनबाट दोस्रो दिनको पारीको सुरुवात गर्ने छन्।

अस्ट्रेलियाका मिचेल स्टार्कले २ विकेट लिए भने कप्तान प्याट कुमिन्स र जोस हजेलउडले समान १ विकेट लिए।

यसअघि अस्ट्रेलियाका लागि कप्तान ट्रेभिस हेडले सर्वाधिक ५९ तथा उस्मान खवाजाले ४७ रन जोडे। कप्तान कुमिन्सले भने १८ बलमै २८ रन जोडे। बेउ वेबसेटरले ११ रन जोडे भने अन्य कुनै पनि व्याटरले दोहोरो अङ्क छुन सकेनन्।

वेस्ट इन्डिजका जाइडन सिल्सले पाँच तथा सामर जोसेफले चार विकेट लिए।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ९ : ०९ बजे

बन्द र घाटामा थलिएका केही उद्योगमा आशालाग्दा परिणाम देखिन थाले : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले वर्षौँदेखि बन्द रहेका, निरन्तर घाटामा थलिएका

साउदी अरेबिया, टर्की र पाकिस्तानबीच रक्षा सम्झौतामा हस्ताक्षर

काठमाडौँ- मध्यपूर्वमा जारी सैन्य तनावका बीच साउदी अरेबिया, टर्की र

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ– वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा

स्पेन र इटालीबीचको विवाद उत्कर्षमा, हवाई र समुद्री यात्रामा सीमा नियन्त्रण लागू

काठमाडौँ– युरोपेली संघ (इयू) का दुई प्रमुख सदस्य राष्ट्र स्पेन

झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता बढ्दो

झापा– झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या