दलहरूले बहिष्कार गर्ने भएपछि मधेशमा बजेटमाथिको छलफल अनिश्चितकाललाई स्थगित « Khabarhub

दलहरूले बहिष्कार गर्ने भएपछि मधेशमा बजेटमाथिको छलफल अनिश्चितकाललाई स्थगित


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- मधेश प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सचिवालयले मध्यान्ह १२ बजे नै सूचना जारी गरी स्थगित गरेको हो ।

बुधबार मात्रै सुरू बजेटमाथिको छलफलमा प्रतिपक्षी दलका रामआशीष यादव र सत्तारूढ दलकी रमिता प्रधान मात्रै सहभागी थिए ।

अन्य सांसद सहभागी नभएपछि सभामुख रामचन्द्र मण्डलले रेडबुक अध्ययन नभएको भन्दै बैठक बिहीबार १ बजेसम्मलाई स्थगित गरेका थिए । पहिलो दिनको बैठक जम्मा २३ मिनेट २१ सेकेन्ड मात्रै चलेको थियो ।

यसअघिको कार्यव्यवस्था परामर्श समितिको बैठकले असार २२ गतेसम्मलाई कार्यसूची तय गरिसकेको थियो । तर, सभामुख मण्डलले अचानक अनिश्चितकालका लागि बैठक स्थगित गरेपछि विभिन्न दलबाट तीव्र असन्तुष्टि व्यक्त भएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामआशीष यादवले सभामुख सरकारको कठपुतली बनेको आरोप लगाउँदै अब हुने बजेट छलफल बहिष्कार गर्ने चेतावनी दिएका छन् । उनले बजेटमा बिचौलियालाई प्राथमिकता दिइएको गुनासोसमेत गरेका छन् ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक कनिश पटेलले संसदलाई कसैको इसारामा बन्दी बनाइएको आरोप लगाउँदै सभामुख र सरकारको शैलीप्रति आपत्ति जनाएका छन् ।

‘नियमित सत्र रोकिन सक्दैन,’ पटेलले भने, ‘अधिवेशन सुरु र अन्त्य गर्ने अधिकार मात्र सरकारसँग हुन्छ ।’

जसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र नेपाल संघीय समाजवादी पार्टीले बजेट छलफल बहिष्कार तयारी गरेको जनाएका छन् । यसले मधेश प्रदेशको बजेटमा छलफल प्रक्रिया थप अन्योलमा पर्ने देखिएको छ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ४ : २१ बजे

समानुपातिक सूचीलाई अन्तिम रूप दिन रास्वपा बैठक, बालेन गएनन्

काठमाडौं- समानुपातिक सूचीका उम्मेदवार तय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

काठमाडौं– यो साता कारोबारको पहिलो दिन उच्च अंकले बढेको नेपाल

नौबस्ता कारागारबाट भागेका १४७ मध्ये ५२ जना पक्राउ

नेपालगञ्ज– बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता कारागारबाट भागेका १४७ कैदीमध्ये ५२

दलहरूलाई समानुपातिक बन्द सूची बुझाउने चटारो, यस्तो छ आयोगको माहोल (तस्बिरहरू) 

काठमाडौँ– २१ फागुनमा हुने निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउने