प्रहरीले गोली हानेर समात्यो ४ जना डाँका | Khabarhub Khabarhub

प्रहरीले गोली हानेर समात्यो ४ जना डाँका


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा डकैती गर्दागर्दै ४ जना डाँकु पक्राउ परेका छन् ।

बिहीबार विहान करिब ३ः३० बजेतिर जनकपुर उपमहानगरपालिकाको कार्यालय छेउमै रहेको जानकी फर्निसिङ (फर्निचर पसल)मा चोरी गर्दा गर्दै ४ जना डाँकुहरु पक्राउ परेका हुन् ।

गस्तीमा रहेको प्रहरी टोलीले पसलको ताल्चा फुटाइरहेको देखेपछि डाँकाहरुमाथि गोली प्रहार गरेको थियो ।

प्रहरीले गोली प्रहार गर्दा १ जना डाँकु पक्राउ परेका थिए । अरु तीन जनाले प्रहरीमाथि नै कटुवा पेस्तोल तस्र्याएर भाग्न खोजेपछि प्रहरीले थप ३ राउण्ड गोली प्रहार गरेको थियो ।

प्रहरीले गोली चलाएर थप ३ जना डाँकुलाई पनि नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्ने डाँकुहरुमा भारतको सीतामढीका मोहम्मद इलियस, भारतकै बैरगिनियाका मुजिर अन्सार, रौतहत वृन्दावनका गगन पटेल र रौतहटको गौरहका विनोद प्रसाद सिंह छन् ।

प्रहरीले चलाएको गोली लागेर १ जना डाँकु भने घाइते भएका छन् । घाइते हुनेमा रौतहट गौरका विनोद सिंह छन् । सिंहको जनकपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ११ : ०३ बजे

पदमार्गका लागि अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

म्याग्दी– मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

घटस्थापना: दशैँको सुरुवात, के छ विधि ?

काठमाडौं – नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दशैँ

मुग्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालन

काठमाडौं – गएरातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकको यातायात सोमबार बिहान

पहिरोले छ घर भत्किए, दश घर उच्च जोखिममा

पर्वत – गत शनिबार रातिको भीषण वर्षाका कारण बस्ती भन्दा

वेस्ट इन्डिजसँग सिरिज खेल्न राष्ट्रिय क्रिकेट टोलीले आज यूएई जाँदै

काठमाडौं – विश्व विजेता वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्न आज