नर्सहरुले अक्सिजन जडान गर्न नसक्दा सुत्केरीको मृत्यु « Khabarhub

नर्सहरुले अक्सिजन जडान गर्न नसक्दा सुत्केरीको मृत्यु


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पाल्पामा सुत्केरी हुन आएकी महिलाको शल्यक्रिया गर्दा मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका–४ हुमिन लोरेङगका २४ वर्षीया विपीन्द्र सूर्यवंशी रहेकी छिन् ।

पाल्पाको युनाइटेड मिसन अस्पतालमा सूर्यवंशीको शल्यक्रिया गरेको दुई/तीन घण्टापछि मृत्यु भएको आफन्त बलराम सूर्यवंशीले बताए । गएराति ११ बजेतिर उनको मृत्य भएको हो ।

तानसेन नगरपालिका–१ मा अस्थायी बसोबास गर्दै आएकी सूर्यवंशी असोज ७ गते अस्पतालमा सुत्केरी हुन भर्ना भएको परिवारले जनाएको छ । नर्मलरूपमा सुत्केरी अवस्थामा रहेकी सूर्यवंशीको पेटको बच्चा मृतावस्थामा रहेको थियो ।

मृत बच्चा जन्माउन नसक्ने भएपछि अस्पतालले शल्यक्रिया गरेको थियो । सुत्केरी महिलाको शल्यक्रियापछि श्रीमान् केशर सूर्यवंशीका अनुसार राति धेरै पटक छटपटाइ भयो, छटपटाइबाट अक्सिजनको नली हट्यो । नर्सहरुले अक्सिजन जडान गर्न नसक्दा समस्या भएको आफन्तको दाबी छ ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  १२ : ३० बजे

संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिल मन्त्री सोविता गौतमले संवैधानिक

ठगीमा परेका ८३६ नेपालीको उद्धार गरेका छौँ : परराष्ट्र

काठमाडौं– दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा

गणेश नेपालीको मृत्युको जिम्मेवार ‘बालेन सरकार’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीलाई न्याय 

गृहमन्त्री आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोशित

काठमाडौं– गृहमन्त्री सुधन गुरुङलले आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोश व्यक्त

आत्मदाह घटनामा विपक्षी र स्थानीय सरकारमाथि दोष थोपरेका गृहमन्त्रीको चोखिने प्रयास

काठमाडौं- मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह गरेको घटनालाई लिएर