नर्सहरुले अक्सिजन जडान गर्न नसक्दा सुत्केरीको मृत्यु | Khabarhub Khabarhub

नर्सहरुले अक्सिजन जडान गर्न नसक्दा सुत्केरीको मृत्यु


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पाल्पामा सुत्केरी हुन आएकी महिलाको शल्यक्रिया गर्दा मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका–४ हुमिन लोरेङगका २४ वर्षीया विपीन्द्र सूर्यवंशी रहेकी छिन् ।

पाल्पाको युनाइटेड मिसन अस्पतालमा सूर्यवंशीको शल्यक्रिया गरेको दुई/तीन घण्टापछि मृत्यु भएको आफन्त बलराम सूर्यवंशीले बताए । गएराति ११ बजेतिर उनको मृत्य भएको हो ।

तानसेन नगरपालिका–१ मा अस्थायी बसोबास गर्दै आएकी सूर्यवंशी असोज ७ गते अस्पतालमा सुत्केरी हुन भर्ना भएको परिवारले जनाएको छ । नर्मलरूपमा सुत्केरी अवस्थामा रहेकी सूर्यवंशीको पेटको बच्चा मृतावस्थामा रहेको थियो ।

मृत बच्चा जन्माउन नसक्ने भएपछि अस्पतालले शल्यक्रिया गरेको थियो । सुत्केरी महिलाको शल्यक्रियापछि श्रीमान् केशर सूर्यवंशीका अनुसार राति धेरै पटक छटपटाइ भयो, छटपटाइबाट अक्सिजनको नली हट्यो । नर्सहरुले अक्सिजन जडान गर्न नसक्दा समस्या भएको आफन्तको दाबी छ ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  १२ : ३० बजे

पाकिस्तानमा भएको आक्रमणमा १८ सैनिकको मृत्यु

एजेन्सी – पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा भएको आक्रमणमा १८ जना

माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

जुम्ला– जुम्लामा माटोको ढिस्कोमा पुरिएर आज एक जनाको मृत्यु भएको

नेपालको शासनसत्ता एकल नश्लीय चिन्तनबाट चलेको छ : राजेन्द्र महतो

काठमाडौं– राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले नेपालको शासनसत्ता

सिरियामा १० जनाको गोली हानी हत्या

एजेन्सी – सिरियामा बन्दुकधारीहरूले अलावाइट गाउँका १० जनालाई गोली हानी

आधा दशकमै दोब्बरले बढे पान लिने, तर बढेन कर

काठमाडौं – नेपालमा पछिल्ला वर्षहरूमा व्यक्तिगत र संस्थागत करदाताको सङ्ख्या