कार्यक्रम व्यवस्थापन सङ्घको अध्यक्षमा राजेन्द्र लुइँटेल « Khabarhub

कार्यक्रम व्यवस्थापन सङ्घको अध्यक्षमा राजेन्द्र लुइँटेल


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजेन्द्र लुइँटेलको अध्यक्षतामा कार्यक्रम व्यवस्थापन सङ्घको नयाँ नेतृत्व चयन भएको छ । यहाँ सम्पन्न सङ्घको तेस्रो महाधिवेशन एवं चुनावीसभामा आगामी दुई वर्षका लागि लुइँटेलको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । 

सङ्घ देशभरका कार्यक्रम आयोजक एवं इभेन्ट व्यवस्थापकहरुको छाता सङ्गठन हो । कार्यसमितिको उपाध्यक्षद्वयमा तृष्णा गुरुङ र समिर लामा, महासचिवमा सोनीतराज ढुङ्गेल, सचिवमा विपिन पोखेरल, कोषाध्यक्षमा मनोज थापा, सहसचिवमा भागिरथकुमार पोखरेल, सहकोषाध्यक्षमा सपना राई चयन भएका छन् ।     

साथै कार्यसमिति सदस्यहरुमा सुभास श्रेष्ठ प्रधान, रामकृष्ण श्रेष्ठ, राहुल ब्ञ्जाडे, पूजा रेग्मी र लोमस कार्की निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता केशव पोखरेलले जानकारी दिए । उनीहरूलाई प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले हार्दिक बधाइ तथा शुभकामना दिए । 

मुलुकभरका १२० भन्दाबढी इभेन्ट आयोजक तथा कम्पनीको सहभागिता रहेको महाधिवेशनले वरिष्ठ चिकित्सक एवं गीतकार डा. भोला रिजाल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक एवं लायन्स क्लबका पूर्वगर्भनर डा. सुशिला मल्ललाई सल्लाहकारमा चयन गरेको छ । सङ्घका निवर्तमान अध्यक्ष लवबहादुर कार्कीलाई संरक्षकका रुपमा सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  १२ : ४८ बजे

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन

शान्ति सैनिकको अदलीबदली

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली

प्रधानमन्त्रीले प्रमुख दलका नेताहरूलाई बालुवाटार बोलाइन्

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनको निर्वाचन

पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन

अर्घाखाँची- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल