नेविसंघको असन्तुष्ट पक्षले घेर्‍यो सानेपा (तस्बिरहरू) « Khabarhub

नेविसंघको असन्तुष्ट पक्षले घेर्‍यो सानेपा (तस्बिरहरू)

तरुणका केही नेता पनि बसेका छन् अनशन


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को असन्तुष्ट पक्ष प्रदर्शनमा उत्रिएको छ ।

संगठनको महाधिवेशन माग गर्दै असुन्तष्ट पक्षले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा प्रदर्शनसहित घेराउ गरेको हो ।

०७९ सालको प्रतिनिधिसभाको चुनाव भएकको तीन महिनाभित्र महाधिवेशन गर्ने कार्यादेश पाएको तदर्थ समितिले पटकपटक म्याद थप्दा पनि अधिवेशन गर्न सकेको छैन । त्यहीकारण उनीहरूले दबाबका लागि कांग्रेस केन्द्रीय कार्यालय घेरेका हुन् ।

मातृ पार्टीले यसअघि ०८१ चैत मसान्तदेखि तदर्थ समितिको कार्यकाल स्वतः समाप्त हुने निर्णय गरिसकेको छ । त्यसकै आधारमा नेविसंघको तदर्थ समिति भंग हुनुपर्ने माग आन्दोलनरत विद्यार्थीहरूले गरिरहेका छन् ।

यस्तै कांग्रेसको अर्को भ्रातृ संगठन नेपाल तरुण दलको तदर्थ समिति पनि भंग हुनुपर्ने मागसहित सानेपामा केन्द्रीय सदस्यद्वय रोजन राई र अम्बिका बास्कोटाले आइतबारदेखि आमरण अनसन सुरु गरेका छन् ।

कांग्रेसको सोमबारदेखि सुरू हुन गइरहेको केन्द्रीय कार्यसमिति बैठकमा भ्रातृसंगठनबारे छलफल गर्ने एजेन्डा छ । उक्त बैठकअघि नै भ्रातृसंगठनहरूले मातृ पार्टीका नेतालाई दबाब दिन घेराउ र अनशनसहितका आन्दोलन थालेका हुन् ।

तस्बिहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  १ : २४ बजे

भूमिहीनका नाममा झूटो विवरण पेश गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ । सरकारले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित

मधेस सम्झौताबारे सरकारको स्पष्टीकरण : गृहमन्त्रीले कुनै ठोस सम्झौता गरेका छैनन्

काठमाडौँ । सरकारले सुनसरी र मधेस प्रदेशमा भएका घटनाका सन्दर्भमा

राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशकसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूलाई

नेपाल लिकर्सका सीईओ तुलाधर एसिया बिजनेस लिडर्स अवार्डबाट सम्मानित

काठमाडौं– नेपाल लिकर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभिनश वीर सिंह

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो हवाई भाडा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य बढेसँगै