गृहमन्त्रीले कांग्रेस बैठकमा सुनाए आफ्ना चार उपलब्धि र चार चुनौती « Khabarhub

गृहमन्त्रीले कांग्रेस बैठकमा सुनाए आफ्ना चार उपलब्धि र चार चुनौती


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले आफू सरकारमा आएदेखि नीतिगत सुधारको प्रयास गरिरहेको बताएका छन् । मंगलबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सम्बोधन गर्दै उनले आफ्ना सफलता सुनाएका हुन् ।

उनले बैठकमा बोल्दै नीतिगत, कानुनी र संरचनागत सुधारको प्राथमिकता दिइरहेको बताए । ‘मैले नीतिगत, कानुनी र संरचनागत सुधारमा ध्यान दिन्छु भनेको थिएँ’, उनले भने, ‘त्यहीअनुसार अहिले सुधारका कोसिस भएका छन् । नतिजा पनि देखिएका छन् । ’

उनले नेपाल प्रहरीसम्बन्धी कानुन ल्याउँछु भनेको कुरा पनि अब पूरा हुन लागेको बताए । ‘नेपाल प्रहरी वि.सं. २०१२ को कानुनले चलिरहेको थियो । ७० वर्षअघिकै कानुनले चलेको प्रहरीका लागि नयाँ ऐन बन्न सकेको थिएन । त्यो काम हुँदैछ’, उनले भने, ‘सशस्त्र प्रहरीको पनि नयाँ ऐन बन्दैछ । सु्रक्षाको अवस्था सुदृढ बनाउन नयाँ कानुन ल्याइएको छ ।’

उनले अर्को उपलब्धिका रुपमा नेपालको नागरिकतासम्बन्धी कानुन ल्याएको बताए । अब बाबुबिनाका सन्तानले आमाको नामबाट नागरिकता पाउने पनि बताएका छन् ।

‘संविधानले आमाका नाममा नागरिकता दिनु भनेको थियो । तर कानुन अभावमा त्यो सम्भव भएको थिएन । बाबा विदेशिए, बेपत्ता भए भने सन्तानलाई अब आमाको नामबाट नागरिकता दिने बाटो खुलेको छ’, उनले भने, ‘प्रतिनिधिसभाले नेपाली महिलाबाट जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता पाउने बाटो खुलाउने गरी कानुन पास गरेको छ । प्रतिनिधिसभाबाट पास भएको कानुन अब राष्ट्रियसभाबाट पनि पारित हुने विश्वासमा छ ।’

उनले नाबालक परिचय पत्र दिने गरी नयाँ नागरिकता कानुन पास हुन लागेको जानकारी दिए । ‘नेपाल प्रहरी र सशस्त्र प्रहरी ऐन पनि पारित हुँदैछ । जसले नेपालको शान्ति सुरक्षालाई बलियो बनाउने छ’, उनले भने, ‘अहिले देखिएका मुख्य चुनौतीलाई हामीले चिर्न सफल भएका छौँ । गणतन्त्र पल्टाउने गतिविधि निष्तेज भइसकेका छन् । मुलुकका केही ठाउँमा धार्मिक भड्कावका गतिविधि हुने सम्भावना थियो, त्यो पनि टरेको छ ।’

गृहमन्त्री लेखकले बैठकमा अहिलेका मुख्य चार चुनौतीपूर्ण मुख्य अपराधका प्रवृत्तिको पनि विवेचना गरेका छन् । बैठकमा उनले सवारी दुर्घटना, लागुऔषध सेवन, आत्महत्या र साइबर क्राइम मुख्य चुनौती बनाएर आएका बताए । ‘यी चार अपराधका घटना मुख्य चुनौती बनेर आएका छन्’, उनले भने, ‘तिनलाई कम गर्ने कोसिसमा हामी लागिरहेका छौँ ।’

उनले सहकारी ठगीसहितका अपराधमा कारबाही गर्ने क्रमलाई तीव्र पारिएको पनि बताए । ‘हामीले विदेशमा भएका मानिसलाई पनि ल्याएर कारबाही गरेका छौँ’, उनले भने, ‘अहिलेसम्म एकमुष्ठ ठूलो अवैध रकम पहिलो पटक २५ करोड बरामद भएको छ । यी सबै कुराहरू यथेष्ट होइनन् । शान्ति सुरक्षाका कुरामा व्यापक सुधारको खाँचो छ ।’

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ७ : १२ बजे

इरानमाथि प्रहार गर्न हजार क्षेप्यास्त्र तयार रहेको ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्की दिँदै

काठमाडौंको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास

काठमाडौं– काठमाडौंको बुद्धनगरमा शनिबार बिहान एक जनाले आत्मदाहको प्रयास गरेका

बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी,

ट्रमा सेन्टरको क्षमता बढाउने बागमती सरकारको घोषणा

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई सहज बनाउन

विपद् तयारीका लागि साढे दुई करोडभन्दा बढीका उपकरण हस्तान्तरण

हेटौँडा– बागमती प्रदेश सरकारले विपद्को पूर्वतयारीलाई सुदृढ बनाउन नेपाली सेना,