आज २०८२ साल असार १८ गते बुधबारको राशिफल « Khabarhub

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार शुक्ल पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ जुलाई २ तारिख। विश्व खेलकुद पत्रकार दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। सहकार्यमा गरेको व्यापारबाट नाफा हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्ने छ।

वृष : दिन राम्रो छ। तपाईंको बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्ने सम्भावना छ। धन खर्च भए पनि इज्जतमा बढुवा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सामान्य बन्दा राजनीतिमा घाटा हुनेछ।

मिथुन : दिन सामान्य छ। सम्पत्तिका पछाडि लाग्दा इज्जत गुम्ने जोखिम छ। राजनीतिक क्षेत्रमा ठगले सताउने जोखिम छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ।

कर्कट : दिन सामान्य राम्रो छ। साथीको साथ मिल्नेछ। दैनिक काम सहज बन्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

सिंह : धनलक्ष्मी योग परेको छ। गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ। व्यवहारमा एकरुपता नहुँदा परिवारमा खटपटी बढ्ने छ। राजनीतिक क्षेत्रमा साथीको साथ मिल्ने छ।

कन्या : आफ्नै राशिमा चन्द्रमा रहेकाले मन शान्त बन्ने छ। परोपकारको भावना जागृत हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। भाग्यको स्थानमा रहेका बृहस्पतिका कारण कामको बोझ थपिने छ।

तुला : अनावश्यक यात्रामा खर्च बढ्ने छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल अर्कैले खाने जोखिम छ। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा पहुँच विस्तार हुनेछ।

वृश्चिक : दिन राम्रो छ। भाग्यको स्थानमा चन्द्रमा पुगेकाले भविष्यको निर्णय गर्ने क्षमता बढ्नेछ। उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन राम्रो छ। पुराना रोगबाट छुटकारा पाउने दिन छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। शिक्षामा प्रगति हुनेछ।

मकर : दिन सामान्य छ। साथीको साथ मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परीक्षाको नतिजाका लागि केही समय कुर्नुपर्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कुम्भ : सानो कुराले मनमा झन्झट थपिने छ। औषधी नियमित नहुँदा रोगले सताउने छ। परिवारका कारणले मनमा चिन्ता थपिने छ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

मीन : दिन राम्रो छ। लगानी गरेको भए व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यका क्षेत्रमा गरेको मिहिनेत सफल बन्ने छ। बोल्दा सोचेर बोल्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ५ : ०९ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच