प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल  « Khabarhub

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल 


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता भएको बताएका छन् ।  

बुधबार शीतल निवासमा सातै प्रदेशका प्रदेश प्रमुखहरूसँग भेटघाट गर्दै राष्ट्रपति पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत गर्ने महत्त्वपूर्ण आधार प्रदेश भएको उल्लेख गर्दै प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता भएको बताए । 

प्रदेशको आन्तरिक स्रोतको सक्दो प्रयोग गरेर प्रादेशिक विकासका नयाँ–नयाँ सपनाहरू बनाउन, प्रत्येक प्रदेशले आफ्नो मौलिकता निर्माण गरेर अगाडि बढ्न सम्बन्धित सरकारलाई सुझाव दिनुपर्ने आवश्यकता उनले औँल्याए ।

उनले विकास–निर्माण, सुशासन, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, साहित्य, कला, संस्कृतिजस्ता क्षेत्रको विकास, विस्तारमा सुझाव दिने र यी क्षेत्रमा सम्पर्क तथा सम्बन्ध विस्तार गर्ने काममा लाग्न सुझाव दिए  ।

राष्ट्रपति पौडेलले सबै मिलेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नेतर्फ लाग्न आग्रह गरे । सो अवसरमा सातै प्रदेशका प्रदेश प्रमुखहरूले आफूले भोग्नुपरेका कठिनाइ, कानुन नियममा रहेका अन्यौलहरुको बारेमा जानकारी गराउँदै यसको समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइदिन हुन राष्ट्रपति समक्ष आग्रह गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  १ : ३८ बजे

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर

जीवनभन्दा ठूलो कुनै ऐन–कानुन हुँदैन : ज्ञानेन्द्र शाही

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

खण्डहरमा परिणत भृकुटी कागज कारखाना (तस्बिरहरू)

नवलपरासी– कुनै समय नेपालको कागज उत्पादनमा आत्मनिर्भरताको आधार मानिएको भृकुटी

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।