पहिलो श्रीमतीले छाडेपछि १६ वर्षीयालाई भगाएका थिए राजेन्द्रले, माइतीले फर्काएपछि लिन पुगेका बेला परिवारै सिद्ध्याए « Khabarhub

एकै परिवारका चार जनाको हत्या

पहिलो श्रीमतीले छाडेपछि १६ वर्षीयालाई भगाएका थिए राजेन्द्रले, माइतीले फर्काएपछि लिन पुगेका बेला परिवारै सिद्ध्याए


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


5k
Shares
  • change font
  • change font
  • change font

भोजपुर- पहिलो श्रीमतीले छाडेर हिँडेपछि भोजपुरको भोजपुर नगरपालिका- २ का ३० वर्षीय राजेन्द्र राईले आफूभन्दा दोब्बर कान्छीलाई प्रेम फसाएपछिको विवाद बढ्दा चारजनाको ज्यानै जाने अवस्थामा पुगेको खुलेको छ।

शनिबार राति भोजपुरको रामप्रसाद गाउँपालिका–२ धोद्लेखानीस्थित ससुराली घरमा उनले मच्चाएको हत्याकाण्ड पछाडि १६ वर्षीय किशोरीलाई उनले प्रेममा पारेर फसाएको प्रकरण रहेको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर दीपक श्रेष्ठका अनुसार राजेन्द्रले दोस्रो बिहेका लागि १६ वर्षीया मनिषालाई प्रेममा पारेका थिए । आफूभन्दा दोब्बर कान्छी तथा कानुनले समेत बिहे गर्न बर्जित गरेको उमेरकी केटीलाई प्रेममा पारेर उनले केही महिनाअघि भगाएका थिए ।

‘पहिलेकी श्रीमतीले राजेन्द्रलाई छाडेर हिँडेकी रहिछन्’, उनले भने, ‘त्यसपछि उनले १६ वर्षीया मनिषालाई प्रेममा पारेका छन् । केही महिनाअघि राजेन्द्रले मनिषालाई भगाएर लगेका खुलेको छ। ’

राजेन्द्रले १६ वर्षीया छोरी भगाएर लगेपछि आमा मञ्जु गिरीले फर्काएर माइतीमै ल्याएकी थिइन् । आमाले फर्काएपछि मनिषाा एक महिनादेखि धोद्लेखानीस्थित माइती घरमै बसिरहेकी थिइन् ।

तर, राजेन्द्र पनि मनिषालाई लैजान भन्दै ५ दिनअघि धोद्लेखानीस्थित ससुराली घरमै पुगेका थिए । राजेन्द्रले मनिषालाई लैजान जोडबल गरे पनि बाबुआमा तयार भएनन् । उनीहरूले छोरीको उमेर नपुगेको बताउँदै लैजान स्वीकृति दिएनन् । मनिषालाई लैजान स्वीकृति नदिएपछि उनीहरूबीच विवाद बढेको श्रेष्ठले बताएका छन् ।

विवाद बढ्दै गए पनि राजेन्द्र ससुराली घरमै बसिरहेका थिए । तर शनिबार राति गिरी परिवार सबैजना सुतिरहेको बेला एउटा डरालाग्दो घटना हुन पुगेको छ ।

राजेन्द्रले शनिबार राति १ बजेको समयमा ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासू ४५ वर्षीया मञ्जु गिरी, पत्नी १६ वर्षीया मनिषा गिरी र सालो ९ वर्षीय सपन गिरीलाई छुरा हानेर ज्यान लिएका छन् । ससुराली परिवारको वंशनास गरेका उनले त्यसपछि आफैं ओख्रेको हुर्बुभञ्ज्याङ पुगेर घटनाबारे प्रहरीलाई फोन गरेका थिए ।

‘मैले चारजनालाई छुरी हानेर आएको छु’, उनले प्रहरीलाई फोन गर्दै भनेका थिए, ‘शायद अहिलेसम्म सबैजना मरिसके होलान् ।’

प्रहरीले पक्राउ गरिसकेपछि राजेन्द्रले आफूमाथि सुतिरहेका बेला सासुले छातीमा छुरी हानेको दाबी गरेका छन् । सासूले छुरीले आक्रमण गरेपछि यस्तो भयानक घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

राजेन्द्रले आफूलाई हानिएको त्यही छुरीले चारैजनाको ज्यान लिएको स्वीकारोक्ति गरेको श्रेष्ठले बताए । ‘सुतिरहेको बेला सासूले ममाथि आक्रमण गरेकी थिइन्’, उनले प्रहरीसँगको भनेका छन्, ‘ब्युँझिँदा सासूको हातमा छुरी देखेँ । त्यही छुरी खोसेर सबैलाई मारेँ ।’

घटनाबारे जानकारी दिएका राजेन्द्र पक्राउ परिसकेका छन् । अहिले घटनास्थल भनिएको गिरी परिवारको घरमा मुचुल्का उठाएर चारैजनाको शव पोष्टमार्टका लागि जिल्ला अस्पताल, भोजपुर लगिसकिएको छ ।

घटना भएको गिरी परिवारको घर । तस्बिरहरू सौजन्य : जिल्ला प्रहरी कार्यालय भोजपुर

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  २ : ४४ बजे

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले

बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं – बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ?

विश्वकपले नै निर्धारण गर्नेछ रोनाल्डोको अन्तिम विरासत !

काठमाडौं । पोर्चुगलका कप्तान तथा विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो

समूह ‘ए : जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका, अर्को खेलमा मेक्सिको र कोरिया भिड्ने

काठमाडौं – चेक रिपलब्लिक र दक्षिण अफ्रिका दुबैले समूह ‘ए’को

नीति तथा कार्यक्रममा गुरुयोजना समेट्न ललितपुर महानगर प्रमुखलाई आग्रह

ललितपुर – ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनलाई दुई कार्यकालको अनुभवका आधारमा