जन्मदिन मनाउँदै पूर्वराजा : निर्मल निवासमा शुभकामना दिनेको लाइन (तस्बिरहरू) « Khabarhub

जन्मदिन मनाउँदै पूर्वराजा : निर्मल निवासमा शुभकामना दिनेको लाइन (तस्बिरहरू)


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार ७९औँ जन्मोत्सव मनाइरहेका छन् । काठमाडौंस्थित निर्मल निवासमै उनले जन्मदिन मनाइरहेका छन् ।

जन्मदिनका अवसरमा दशैंको टीकामा जस्तै निर्मल निवास सर्वसाधारणका लागि खोलिएको छ। अहिले निर्मल निवासमा सर्वसाधारणदेखि राजावादी नेता-कार्यकर्ताको पनि बाक्लो भिड लागेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही निर्मल निवास पसेर पूर्वराजालाई जन्मदिनको शुभकामना दिइसकेका छन् ।

जन्मोत्सवको अवसरमा शुभकामना तथा आशिर्वाद ग्रहणका लागि निवास निर्मल निवास सर्वसाधारणका लागि खुला गरिएपछि लामो लाइन लागेको छ ।

पूर्वराजाको संवाद सचिवालयले जन्मोत्सवको दिन सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास सर्वसाधारण, शुभेच्छुक र राजावादी दलका कार्यकर्ताका लागि खुला गरिएको छ ।

अहिले पूर्वराजालाई बालबालिकादेखि वृद्ध वृद्धासम्मले जन्मदिनको शुभकामना र बधाई दिइरहेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  १२ : २१ बजे

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३

साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार

रोम- पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

मनाङ– अविरल वर्षापछि घट्टेखोलाको  लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी 

तुइन र गाडीमा झुन्डिँदै विद्यार्थीको जोखिमपूर्ण यात्रा

रसुवा– उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको