दशैंको यात्रा– ठूला ट्रकहरुलाई काठमाडौं प्रवेशमा रोक « Khabarhub

दशैंको यात्रा– ठूला ट्रकहरुलाई काठमाडौं प्रवेशमा रोक


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी सोमबारदेखि ठूला मालवाहक सवारीसाधनलाई काठमाडौं प्रवेशमा रोक लगाउने भएको छ ।

दशैंमा हुने यात्रुको चापलाई मध्यनजर गर्दै आगामी सोमबारदेखि  अत्यावश्यक सामग्री ढुवानी गर्नेबाहेकका अन्य मालवाहक सवारीसाधनलाई चितवनको नारायणगढमै रोकिने भएको हो ।

यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै अत्यावश्यक खाद्यान्न सामग्री, लत्ताकपडा, औषधि, तरकारी, मासुजन्य पदार्थलगायतका तत्कालै नाश भएर जाने सामग्री ढुवानी गर्ने बाहेकका १० चक्के र सोभन्दा बढी चक्का भएका ठूला मालवाहक सवारीसाधन काठमाडौं प्रवेश रोक लगाइने जनाएको हो ।

विभागका अनुसार असोज १२ गतेदेखि १८ गतेसम्मका लागि यस्तो व्यवस्था लागू गरिएको हो । त्यसपछि भने उपयुक्तता हेरेर उक्त निर्णय फिर्ता लिइने विभागले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  २ : २४ बजे

गजुरेलको डेब्यू नाटक ‘महाभारत’ आजबाट

काठमाडौं – हाँस्य कलाकार मनोज गजुरेलको डेब्यू नायक ‘महाभारत’ बिहीबारदेखि

एसियन गेम क्वालिफायर खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौं– एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली

चीन नेपालको सबैभन्दा ठूलो लगानीकर्ता, अन्य देशहरूको भन्दा दोब्बरले धेरै

काठमाडौं- नेपालमा लगानी गर्ने छिमेकीसहितका मुलुकहरूमा चीन अग्रस्थानमा देखिएको छ।

पोखराका अनधिकृत संरचना हटाइँदै

गण्डकी– पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी विभिन्न

स्वास्थ्य मन्त्रालयको प्रगति विवरण : प्रविधिमैत्री सेवादेखि आयुर्वेद र योग अभियानसम्म

काठमाडौं- सरकारले सरकारी अस्पतालहरूमा औषधिको मौज्दात र मूल्य देखिने डिजिटल