भाउजुको हत्या आरोपमा ६९ वर्षीय वृद्धा देवर पक्राउ « Khabarhub

भाउजुको हत्या आरोपमा ६९ वर्षीय वृद्धा देवर पक्राउ


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

मोरङ– आफ्नै ६० वर्षीया भाउजुको हत्या गरेको आरोपमा देवर पक्राउ परेका छन् ।

भाउजु  टिकामाया कार्की बस्नेतको हत्या गरेको आरोपमा रतुवामाई नगरपालिका–६ बस्ने ६९ वर्षीय टंकबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । 

शनिबार रतुवामाई नगरपालिका–६ स्थित आफ्नै बारीमा टिकामाया दिउँसो मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय सिजुवा समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न टंक बहादुरलाई पक्राउ गरेको हो । 

प्रारम्भिक अनुसन्धानको क्रममा टंकबहादुरले आपसी झै–झगडा तथा रिसिवीको कारण हसियाको बिड प्रहार गरी भाउजु टिकामायाको हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । 

उनी उपर जिल्ला अदालत मोरङबाट ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ६ : १६ बजे

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने