अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ « Khabarhub

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–६ बस्ने ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–५ घर भएका ४७ वर्षीय मिङमाडुण्डु शेर्पा र दाङ तुलसीपुर उपमहानगरपालिका–५ बस्ने रूकुम पश्चिम त्रिवेणी गाउँपालिका-४ घर भएका ५४ वर्षीय स्वर्णिम कुमार बाँठा रहेका छन् । 

पक्राउ मध्ये मिङमाडुण्डुले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४० लाख रुपैयाँ र स्वर्णिमले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६९ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरी गरेका थिए ।

सोही उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मिङमाडुण्डुलाई काठमाडौं महानगरपालिका–६ बाट र स्वर्णमलाई दाङ तुलसीपुर उपमहानगरपालिका५ बाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ६ : ४३ बजे

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने