आज २०८२ साल असार २५ गते बुधबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल असार २५ गते बुधबारको राशिफल


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असार २५ गते बुधबार। असार शुक्ल पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२५ जुलाई ९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। आम्दानीका स्रोत पत्ता लाग्नेछन्। राजनीतिमा महत्त्वपूर्ण नियुक्ति हुने योग छ। बौद्धिक क्षेत्रको प्रयास सफल बन्नेछ। स्वदेशको भन्दा विदेशमा गरेको मिहिनेतबाट फाइदा हुनेछ।

वृष : दिन राम्रो छ। बोलीले साथी प्रभावित हुनेछन्। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। पूर्वको यात्रा नगर्नु उचित हुन्छ। परिवारमा भने विवाद बढ्नेछ।

मिथुन : दिन राम्रो छ। आफन्तको साथ मिल्नेछ। गणेशको सेवा गरेमा उन्नति हुनेछ। परिवारको साथमा घुमघाम तय हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सचेत बन्नुपर्ने दिन छ।

कर्कट : सञ्चित धन खर्च हुने दिन छ। दिन सामान्य भएकाले आफन्तबाट धोका हुने सम्भावना छ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। फलामको व्यापारमा फाइदा हुनेछ।

सिंह : दिन राम्रो छ। बोली र व्यवहारमा एकरुपता नभए पनि परिवारको साथ मिल्नेछ। शिक्षाको क्षेत्रमा लगानीका लागि हिम्मत गर्नु उचित हुन्छ। समस्या भएमा आफूभन्दा ठुलो व्यक्तिसँग राख्नु उचित हुन्छ।

कन्या : आम्दानीका दृष्टिले दिन राम्रो छ। साथीभाइको तर्फबाट बाधा र अड्चनको सामना गर्नुपर्ने हुनसक्छ। परिवारले तपाईंको कुरा सुन्न नसक्दा समस्या हुनेछ। अभिभावकको सल्लाहमा अगाडि बढ्नु उचित हुन्छ।

तुला : दिन राम्रो छ। सहकार्यबाट नाफा हुनेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। राजनीतिक क्षेत्रमा भने सेवाको अवसर प्राप्त हुनेछ। बौद्धिक व्यक्तिको साथ र सहयोग मिल्नेछ।

वृश्चिक : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ। गुम्न लागेको धन प्राप्त हुनेछ। परिवारको साथमा रमाइलो घुमघामको तय हुनेछ। बौद्धिक व्यक्तिसँगको परामर्शले मन हलुका हुनेछ।

धनु : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। परिवारको साथमा रमाइलो भेटघाट हुनेछ। सन्तानबाट सन्तुष्टि मिल्नेछ। राजनीतिक क्षेत्रमा उन्नति हुनेछ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। अनावश्यक यात्रामा दुःख बढ्नेछ। स्वास्थ्यको क्षेत्रमा प्रगति हुनेछ। परीक्षाको नतिजा सकारात्मक आए पनि थप मिहिनेत गर्नुपर्ने छ। पूर्वको यात्रा नगर्नु उचित हुन्छ।

कुम्भ : दिन राम्रो छ। आम्दानी बढ्नेछ। बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने जोखिम छ। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहला।

मीन : दिन राम्रो छ। भाग्यको स्थानमा चन्द्रमा पुगेका छन्। बोल्दा सचेत बन्नुपर्ने छ। साथीसँग जोगिएर काम गर्नुपर्नेछ। साथीसँग बोल्दा तीन पटक सोच्नु उचित हुन्छ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ५ : ०३ बजे

जेन-जीको प्रदर्शन : कम्तीमा ५ प्रदर्शनकारीको मृत्यु

काठमाडौँ- जेन-जीहरूले गरेको प्रदर्शन हिंसात्मक हुँदा कम्तीमा पनि ५ जनाले

भिनस अस्पतालमा पनि घाइते प्रदर्शनकारीको उपचार हुँदै

काठमाडौं- जेनजीको प्रदर्शनमा घाइते भएकाहरुको मध्य बानेश्वरमा रहेको भिनस अस्पतालमा

विराटनगरमा जेन-जीले घेरे कोशी प्रदेशसभा 

काठमाडौं– कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकामा जेन-जीले प्रदेशसभा घेरेका छन्

जेन जीको प्रदर्शनमा घाइते भएकाको निःशुल्क उपचार गर्ने केएमसीको घोषणा 

काठमाडौं– जेन जीको प्रदर्शनमा घाइतेको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड

संसद् भवन परिसरको सुरक्षा गर्न पस्यो सेनाको टोली

काठमाडौँ- प्रदर्शनकारीले लगातार निशाना बनाएपछि नेपाली सेनाको टोली संसद् भवन