कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मन्त्री श्रेष्ठलाई | Khabarhub Khabarhub

कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मन्त्री श्रेष्ठलाई


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि तथा पशुपंक्षी विकास मन्त्री प्रकाश श्रेष्ठलाई दिइएको छ । 

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आजदेखि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मन्त्री श्रेष्ठलाई दिएका हुन् । 

मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) व्यक्तिगत कामको सिलसिलामा देश बाहिर जाने भएकाले मुख्यमन्त्री लामा फर्कि नआएसम्मका लागि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मन्त्री श्रेष्ठलाई दिइएको प्रदेश प्रमुख देवकोटाले जानकारी दिए। 

मुख्यमन्त्री लामा व्यक्तिगत कामको सिलसिलामा आजै बेलायत प्रस्थान गर्ने उनको स्वकीय सचिव राजेन्द्र काफ्लेले जानकारी दिए ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ७ : ०९ बजे

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र