विपक्षी दलको विरोधले प्रदेशसभा बैठक अवरुद्ध | Khabarhub Khabarhub

विपक्षी दलको विरोधले प्रदेशसभा बैठक अवरुद्ध


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशसभाको बैठक आज चौथो दिन पनि विपक्षी दलका विरोधका कारण अवरुद्ध भएको छ ।

जनता समाजवादी पार्टी (जसपा)नेपाल, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), सङ्घीय समाजवादी पार्टी, राप्रपा नेपाल, नागरिक उन्मुक्तिलगायतले तीन दिनदेखि बैठकमा विरोध जनाइरहेका छन् । भोलि बिहीबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।

प्रदेशसभा बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दल जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले बजेट वक्तव्यमा असमान र बिचौलियाको प्रवेश रहेकाले माग पूरा नभएसम्म सदन चल्न नदिने बताए। 

बजेटमा व्याप्त असन्तुष्टिका कारण विपक्षी दलहरूले बजेट पुनर्लेखनको माग गर्दै सदन अवरुद्ध गर्दै आएका हुन् ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ७ : ४७ बजे

एसिया कप : बंगलादेशको विजयी सुरुवात, हङकङ ७ विकेटले पराजित

काठमाडौं – एसिया कप क्रिकेटमा बङ्गलादेशले विजयी सुरुवात गरेको छ।

सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति: संविधानविद्सँग आज थप छलफल गर्दै राष्ट्रपति

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल आन्दोलनकारी जेन–जी पुस्ताको माग बमोजिम

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल भदौ २७ गते शुक्रबार। भाद्र

आज २०८२ साल भदौ २७ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २७ गते शुक्रबार। भाद्र