रूसको कुस्र्क क्षेत्रमा आक्रमण, तीन जनाको मृत्यु « Khabarhub

रूसको कुस्र्क क्षेत्रमा आक्रमण, तीन जनाको मृत्यु


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

मस्को– युक्रेनको सिमानामा रहेको रूसको कुस्र्क क्षेत्रको समुद्री तटमा मङ्गलबार भएको युक्रेनी ड्रोन आक्रमणमा तीन जनाको मृत्यु हुनुका साथै सात जना घाइते भएको क्षेत्रीय अधिकारीले बताएका छन् । 

कार्यवाहक गभर्नर अलेक्जान्डर खिन्स्टेनले टेलिग्राममार्फत आक्रमण स्थल नजिकै कुनै सैन्य अखडा वा गतिविधि नरहेको र छुट्टीको समयमा बच्चाहरूका साथ परिवारहरू आराम गरिरहेका ठाउँमा आक्रमण भएको बताएका छन् । 

मृतकमध्ये रूसी नेसनल गार्डका एकजना वरिष्ठ जनरल पनि रहेको जनाइएको छ । खिन्स्टेनले अधिकारी र एक सहकर्मीले पहिलो विस्फोटमा प्रतिक्रिया दिई नागरिकहरूलाई निकाल्न मद्दत गरिरहेको समयमा दोस्रो ड्रोन विस्फोट हुँदा जनरलको मृत्यु भएको बताएका छन् ।  

बालकसहित घाइते पाँच जनाको अवस्था गम्भीर रहेको र क्षेत्रीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । आपतकालीन सेवाहरू तुरुन्तै घटनास्थलमा पठाइ अनुसन्धान भइरहेको खिन्स्टेनले बताएका छन् । 

युक्रेनी अधिकारीहरूबाट तत्काल कुनै टिप्पणी आएको छैन ।
 

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ७ : ५५ बजे

सरकारलाई जेन-जीको चेतावनी, ‘आफैंलाई अन्तिम हो भन्ने नठान्नु, जनताले विकल्प खोज्छन्’

काठमाडौं- सडकबाट स्वतन्त्र रुपमा आवाज उठाइरहेका जेन-जी अभियान्ताहरू वालेन्द्र शाह

भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा

नयाँदिल्ली- भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत–श्रीलङ्का रक्षा तथा समुद्री सुरक्षा सहकार्यलाई

धोबीखोलामा बगेका एक जनाको उद्धार

काठमाडौं- धोबीखोलामा खसेका एक जनाको सकुशल उद्धार गरिएको छ ।

भोटेकोशी बाढीका कारण गत्लाङका किसान थप चिन्तित

रसुवा– रसुवामा गएको बाढीले सडक सञ्जाल बगाएपछि गत्लाङका बन्दागोभी किसान

विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : यादव

कपिलवस्तु- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन