रूसको कुस्र्क क्षेत्रमा आक्रमण, तीन जनाको मृत्यु | Khabarhub Khabarhub

रूसको कुस्र्क क्षेत्रमा आक्रमण, तीन जनाको मृत्यु


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

मस्को– युक्रेनको सिमानामा रहेको रूसको कुस्र्क क्षेत्रको समुद्री तटमा मङ्गलबार भएको युक्रेनी ड्रोन आक्रमणमा तीन जनाको मृत्यु हुनुका साथै सात जना घाइते भएको क्षेत्रीय अधिकारीले बताएका छन् । 

कार्यवाहक गभर्नर अलेक्जान्डर खिन्स्टेनले टेलिग्राममार्फत आक्रमण स्थल नजिकै कुनै सैन्य अखडा वा गतिविधि नरहेको र छुट्टीको समयमा बच्चाहरूका साथ परिवारहरू आराम गरिरहेका ठाउँमा आक्रमण भएको बताएका छन् । 

मृतकमध्ये रूसी नेसनल गार्डका एकजना वरिष्ठ जनरल पनि रहेको जनाइएको छ । खिन्स्टेनले अधिकारी र एक सहकर्मीले पहिलो विस्फोटमा प्रतिक्रिया दिई नागरिकहरूलाई निकाल्न मद्दत गरिरहेको समयमा दोस्रो ड्रोन विस्फोट हुँदा जनरलको मृत्यु भएको बताएका छन् ।  

बालकसहित घाइते पाँच जनाको अवस्था गम्भीर रहेको र क्षेत्रीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । आपतकालीन सेवाहरू तुरुन्तै घटनास्थलमा पठाइ अनुसन्धान भइरहेको खिन्स्टेनले बताएका छन् । 

युक्रेनी अधिकारीहरूबाट तत्काल कुनै टिप्पणी आएको छैन ।
 

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ७ : ५५ बजे

एसिया कप : बंगलादेशको विजयी सुरुवात, हङकङ ७ विकेटले पराजित

काठमाडौं – एसिया कप क्रिकेटमा बङ्गलादेशले विजयी सुरुवात गरेको छ।

सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति: संविधानविद्सँग आज थप छलफल गर्दै राष्ट्रपति

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल आन्दोलनकारी जेन–जी पुस्ताको माग बमोजिम

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल भदौ २७ गते शुक्रबार। भाद्र

आज २०८२ साल भदौ २७ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २७ गते शुक्रबार। भाद्र