रोल्पाको थबाङमा करोडौं भुक्तानी रोकेर भागे कर्मचारी | Khabarhub Khabarhub

रोल्पाको थबाङमा करोडौं भुक्तानी रोकेर भागे कर्मचारी


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रोल्पाको थबाङ गाउँपालिकाका सात जना कर्मचारी असार २४ गते बिहानदेखि सम्पर्कविहीन भएका छन्। असार मसान्त नजिकिँदै गर्दा गाउँपालिकाका कर्मचारी करोडौं भुक्तानी रोकेर सम्पर्कविहीन भएका हुन् ।

गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढा मगरले जारी गरेको विज्ञप्तिअनुसार प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी हालसम्म सम्पर्कमा नआएका कारण गाउँपालिकाको प्रशासनिक कामकाज प्रभावित भएको छ।

असारमसान्त सम्म गर्नुपर्ने ५ देखि ६ करोड सम्म भुक्तानी अझै बाँकी रहेको र कर्मचारी सम्पर्कविहीन हुँदा समस्या उत्पन्न भएको पालिकाले जनाएको छ । यसअघि कर्मचारीले उक्त रकम भुक्तानीका लागि व्यवसायीसँग घुस मागेको स्रोत बताउँछ । व्यवसायीले घुस दिन अस्वीकार गरेपछि उनीहरु भुक्तानी नगरी सम्पर्कबिहीन भएको बताइएको छ । स्रोतका अनुसार उनीहरु बागलुङको एक होटलमा मोबाइल अफ गरेर बसिरहेका रहेका छन् ।

नेपाल टेलिकमको नेटवर्कमा समस्या उत्पन्न भएपछि मिति असार २३ गते बेलुका ७ देखि असार २४ बिहान ८ बजेसम्म नेटवर्क अवरुद्ध भएको थियो। सोही समयमा प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर रुकुम पूर्वमा आर्थिक कार्यको सिलसिलामा जाने भनी कार्यालयबाट निस्केका थिए। उनीसँगै आर्थिक प्रशासन प्रमुख, दुईजना सवइन्जिनियर, प्रशासन शाखा प्रमुख, खजाञ्ची सहायक टेक्निसियन र सवारी चालकसमेत थिए।

विज्ञप्तिमा उल्लेख गरिएअनुसार ती सातैजना असार २४ बिहान ७ बजेदेखि असार २५ सम्म सम्पर्कमा आएका छैनन्। खोजतलास गर्दा उनीहरू रुकुम पूर्वमा पनि नभेटिएको र सम्पर्क गर्ने प्रयास गर्दा सबैको मोबाइल फोन अफ देखिएको जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘कार्यालयको तर्फबाट सम्पर्क गर्दा सबैको मोबाइल अफ रहेकाले कार्यालयको कामकाजमा समस्या भएको हुँदा यथासिघ्र सम्पर्कमा आइदिनुहुन एवं जानकारी पाउनुहुने महानुभावहरूले यस पालिकामा जानकारी गरिदिनुहुन यो प्रेस विज्ञप्ति जारी गरिएको छ।’

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ८ : ५५ बजे

आज २०८२ साल असार २९ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २९ गते आइतबार। साउन

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क