मदिराले मातेका मालपोत कार्यालयका हाकिम कार्यकक्षबाटै पक्राउ « Khabarhub

मदिराले मातेका मालपोत कार्यालयका हाकिम कार्यकक्षबाटै पक्राउ


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी–  मालपोत कार्यालय महोत्तरीका कार्यालय प्रमुख भुपबहादुर बोगटी मदिरा सेवन गरेर कार्यालय गएको आरोपमा पक्राउ परेका छन् ।

कार्यालय समयमा मदिरा पिएर सेवाग्राहीमाथि नै अपशब्द बोलेपछि कार्यालय प्रमुख बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

शुक्रबार दिउँसो २ः३० बजेरित बोगटीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधव बुढाथोकीले जानकारी दिए ।

‘मालपोत कार्यालय प्रमुखले मदिरा पिएर सेवाग्राहीमाथि अपशब्द बोलेको भनेर मौखिक उजुरी आएपछि उहाँलाई नियन्त्रणमा लिइएको हो,’ डिएसपी बुढाथोकीले खबरहबसँग भने, ‘अहिले हामीलाई उहाँलाई प्रहरी कार्यालयमै राखेका छौं ।’

जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार मालपोत प्रमुख बोगटी यसअघि पनि मदिरा सेवन गरेर कार्यालय जाने गरेका थिए ।

सार्वजनिक स्थानमा मदिरा सेवन गरेर झै–झगडा गर्ने व्यक्तिलाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा प्रक्रिया अगाडि बढाउन सकिने कानून प्रावधान छ । तर, मालपोत प्रमुख बोगटीले भने पदीय ‘शक्ति’को आडमा छुट पाउँदै आएको मालपोत कार्यालय महोत्तरीका एक कर्मचारीले बताए ।

मालपोत प्रमुख बोगटीमाथि हुने कारबाहीबारे प्रमुख जिल्ला अधिकारीसँग परामर्श लिइने महोत्तरी प्रहरीका डिएसपी बुढाथोकीले जानकारी दिए ।

‘उहाँ राष्ट्रसेवक कर्मचारी हो । मदिरा सेवन गरेर कार्यालय जानुभएको विषय छ । यससम्बन्धमा के–कस्तो कारबाही गर्ने भनेर हामीले सीडीओसापसँग परामर्श लिँदै छौं,’ डिएसपी बुडाथोकीले भने ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ४ : १९ बजे

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक

उद्योगीको गुनासो : अघोषित लोडसेडिङले उत्पादन नै रोकियो

विराटनगर – मोरङ उद्योग व्यापार सङ्घले आज एक प्रेस विज्ञप्ति