रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू « Khabarhub

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू


२५ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक सञ्जालमा साङ्केतिक शैलीमा स्टाटस लेख्दै धैर्यको परीक्षा नलिन चेतावनी दिएका छन् । उनले अनावश्यक रूपमा चलखेल नगर्न र आफ्नो धैर्यको परीक्षा नलिन चेतावनी दिएका हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘हेर्दै जाऔँ, यो शान्त ज्वालामुखीले क(कसलाई खरानी बनाउँछ। अनावश्यक चलाउन, केही होइन भनेर नजरअन्दाज गर्न र धैर्यताको परीक्षा लिने कुचेष्टा नगरेकै राम्रो।’

बमले सन् २००४ देखि सुरु भएको आफ्नो २२ वर्ष लामो सामाजिक तथा राजनीतिक संघर्षको उल्लेख गर्दै आफूले हार्न, सक्किन वा गुमाउन बाँकी केही नरहेको दाबी गरेका छन् ।

उनले आफूलाई ‘देश र नागरिकका लागि मर्न तयार, पुराना शासकबाट लगभग मारिसकिएको एक सत्याग्रही’भन्दै आफ्नो संघर्षको प्रसंग पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २५ असार २०८३, बिहिबार  ९ : ५२ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको