कान हाम्रो शरिरकाे महत्वपूर्ण अंग हो । कानको बाहिरी आकृतिले मानिसको शारीरिक सुन्दरता बढाउछ भने भित्रि कानले सुन्ने र शरिरलाई सन्तुलनमा राख्ने काम गर्छ ।
कानको अवस्था ठिक छैन भने हामीले राम्रोसँग कुरा सुन्न र बुझ्न सक्दैनौं । आवाज ग्रहण गर्न नसक्दा हाम्रो शरिर पनि असन्तुलन हुन्छ । त्यसैले कानको हेरचाह र स्वास्थ्यमा ध्यान दिनुपर्छ ।
कानलाई यस्ता कुराबाट बचाउनुस्
कानभित्र पानी पस्नबाट रोक्ने
नुहाउनु पहिला कानमा सफा कपास राखेर त्यसको माथि कुनै मल्हम क्रिम, भ्यासलिन दलेर नुहाउने गर्नुपर्छ । नुहाइसकेपछि निकालेर फाल्नुपर्छ ।
कानमा तेल वा कुनै तरल पदार्थ नराख्ने
कानमा गहुँत, तुलसीको पातको रस हुक्काको पानी आदि परेमा संक्रमण हुनसक्छ । त्यसैले यस्ता तरल पदार्थबाट कानलाई बचाउँनुपर्छ ।
कान कोट्याउन हुँदैन
कान चिलाएमा वा यतिकै पनि कोट्याउने बानी धेरैको हुन्छ । यस्तो बानीले तपाईको कानमा चोट लाग्ने वा संक्रमण हुने खतरा हुन्छ । त्यसैले कान कोट्याउने बानी गर्नु हुँदैन ।
रुघा लाग्दा होसियार रहने
कान पाक्ने रोग रुघाको कारणबाट शुरु हुने वा बल्झिने गर्छ । यस्तो समस्या बच्चामा धेरै हुन्छ । त्यसैले रुघा लागेको समयमा तुरुन्त उपचार गर्नुपर्छ ।
यी उपायहरु अपनाउँदा पनि कान पाक्ने, दुख्ने समस्या भएमा नजिकको स्वास्थ्यसंस्था पुगेर विशेषज्ञ चिकित्सकसँग परिक्षण र परामर्श लिनुपर्छ ।
प्रतिक्रिया