सबै जेष्ठ नागरिकले हवाई भाडामा छुट नपाउने « Khabarhub

सबै जेष्ठ नागरिकले हवाई भाडामा छुट नपाउने


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ७० वर्ष भन्दा माथिका सबै नागरिकले आन्तरिक उडानमा छुट नपाउने भएका छन् ।

यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिका सबै नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुटको घोषणा गरेका थिए तर वायुसेवा कम्पनीहरुले भने सबै नागरिकलाई मन्त्रीले भनेजस्तो छुट दिन नसकिने बताएका छन् ।

वायुसेवा सञ्चालक संघको विहीवार बसेको बैठकले आन्तरिक उडानका सबै यात्रुलाई नभएर विपन्न जेष्ठ नागरिकलाई मात्र भाडामा ५० प्रतिशत छुट दिन सकिने निर्णय गरेका छन् ।

उनीहरुले हवाई भाडाको सबैभन्दा माथिल्लो दरबाट लागू हुने गरि र ठूला विमानस्थलमा प्रतिदिन २ जना विपन्न जेष्ठ नागरिकलाई मात्र यो सुविधा उपलव्ध गराउने भएका हुन् ।

साना विमान कम्पनीहरुले भने एक दिनमा एक जना विपन्न नागरिकलाई मात्र यस्तो छुट दिने भएका हुन् ।

बैठकले यस्तो छुट घटस्थापना दिनबाट मात्र दिने निर्णय गरेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ५ : ४९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै