नेदरल्याण्ड्स र इटाली टि–२० विश्वकपमा छनोट « Khabarhub

नेदरल्याण्ड्स र इटाली टि–२० विश्वकपमा छनोट


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेदरल्याण्ड्स र इटालीले सन् २०२६ मा भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने आईसीसी टी–२० विश्वकपका लागि छनोट भएका छन् । युरोप क्षेत्रीय छनोट पार गर्दै दुई टोलीले विश्वकपमा यात्रा तय गरेका हुन् । इटाली पहिलो पटक विश्वकपमा पुगेको हो भने नेदरल्याण्ड्स पाँचौ पटक विश्वकपमा छनोट भएको हो ।

शुक्रबार भएको निर्णायक खेलमा इटाली नेदरल्याण्ड्ससँग ९ विकेटले पराजित भयो । तर रनरेटको आधारमा दोस्रो स्थानमा रहँदै विश्वकपमा छनोट भएको हो । नेदरल्याण्ड्सले भने जितका साथ ६ अंक जोड्दै शीर्ष स्थानमा रहँदै विश्वकपमा स्थान सुरक्षित बनायो ।

खेलमा इटालीले पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १३४ रन बनाएको थियो । बेन मानेन्तीले ३० रन, ग्रान्ट स्टुवर्टले २५, ह्यारी मानेन्तीले २३ र कप्तान जो बर्न्सले २२ रन बनाए। नेदरल्याण्ड्सका रूलोफ भान डर मर्वेले ३ विकेट, काइल क्लाइनले २ विकेट तथा आर्यन दत्त र पाउल भान मिकरनले एक एक विकेट लिए।

जवाफमा नेदरल्याण्ड्सले १६.२ ओभरमा मात्र १ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। म्याक्स ओ’डाउड ४७ र कप्तान स्कट एडवार्ड्स ३७ रनमा अविजित रहे।

लगातार टी–२० विश्वकप खेल्दै आएको स्कटल्याण्ड यसपटक भने छनोट पार गर्न असफल रह्यो। इटाली र जर्सीसँगको हारले स्कटल्याण्डको विश्वकप यात्रामा पूर्णविराम लाग्यो ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ११ : २३ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको