खैरो हेरोइनसहित ४ जना पक्राउ | Khabarhub Khabarhub

खैरो हेरोइनसहित ४ जना पक्राउ


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक जीवन गुरुङको कमाण्डमा खटिएको प्रहरी टोलीले भजनी नगरपालिका– ५ लालबोझीस्थित सडकमा चेकजाँच गर्ने क्रममा लागू औषधसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भजनी नगरपालिका– ४ का २५ वर्षीय मनोज चौधरी, सोही स्थानका २१ वर्षीय बिक्रम चौधरी र २८ वर्षीय हनुमान चौधरी तथा घोडाघोडी नगरपालिका– १२ का २१ वर्षीय विशाल चौधरी रहेका छन् ।

उनीहरूको साथबाट ५ ग्राम ६७० मिलिग्राम लागूऔषध (खैरो हेरोइन), से ३ प ९२३६ र ग ६ प ८३७९ नम्बरका दुई वटा मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय भजनीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ९ : २३ बजे

लक्ष्मीपूजाका दिन एक हजार १५ मेगावाट बिजुली निर्यात

काठमाडौं – तिहारलाई बत्ती, उज्यालो र फूलको पर्वका रूपमा लिइन्छ।

उज्यालो पर्वमा अँध्यारो दिनः विपिनको शव घरमा (फोटो फिचर)

शब्द र तस्बिरः प्रकाश चन्द्र तिमिल्सेना कञ्चनपुर- कोठाको एउटा कुनामा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल कात्तिक ४ गते मंगलबार। कात्तिक

आज २०८२ साल कात्तिक ४ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ४ गते मंगलबार। कात्तिक