झोलुङ्गे पुल बनेपछि यात्रा अवधि छोट्टियो « Khabarhub

झोलुङ्गे पुल बनेपछि यात्रा अवधि छोट्टियो


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका– ६ मा रहेको मराङखोलामा तीन सय ६५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ ।

सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना कास्की, पोखराले घाइरीबोट र खाउरीबाङ जोड्ने पुल निर्माण गरेको हो ।

धवलागिरि गाउँपालिका– ६ का वडाध्यक्ष राजाराम सुवेदीले पुलबाट धवलागिरि –६ का साथै वडा नम्बर ५ मल्कवाङ र मालिका गाउँपालिका– ७ बिमका बासिन्दा लाभान्वित भएको जानकारी दिए ।

‘मराङमा रहेको वडा कार्यालय, स्वास्थ्य चौकी र जनविकास माविमा पुग्नका लागि अर्बाङ, घण्टीवाङका बासिन्दालाई यात्रा अवधि छोटिएको छ’, उनले भने, ‘अर्वाङ, घण्टीवाङ, रिखका बासिन्दालाई मराङबेँसीमा झरेर वडा कार्यालय, स्वास्थ्यचौकी, माध्यमिक विद्यालय भएको ठाउँमा पुग्न करिब एक घण्टा पैदलयात्रा गर्नुपर्नेमा पुल बनेपछि यात्रा अवधि १५ मिनेटमा छोटिएको छ ।’

उक्त पुल निर्माणका लागि २०८१ साल असारमा बेनी नगरपालिका– २ को निर्माण कम्पनीले दुई करोड ५० लाखमा ठेक्का सम्झौता गरेको थियो । अठार महिनाको ठेक्का अवधि भए पनि १२ महिनामै पुल निर्माण सम्पन्न भएको निर्माण कम्पनीका सञ्चालक प्रदीप सापकोटाले बताए ।

स्थानीय पूर्वाधार विकास आयोजना कास्कीमार्फत यसै वर्ष धवलागिरि गाउँपालिका– ३ दरखोलामा तीन सय ६६ मिटर लामो झोलुङ्गे पुल पनि निर्माण भएको छ । यस वर्ष निर्माण भएका दुईवटासहित म्याग्दीमा तीन सय मिटरभन्दा लामा झोलुङ्गे पुलको सङ्ख्या चारवटा झोलुङ्गे पुल छवटा पुगेको छ ।

रघुगङ्गा गाउँपालिका– १ बेग र बादुक जोड्ने बेगखोलामा तीन सय ६५ दशमलव ८० मिटर, मालिका– ७ बिमवाङ र धवलागिरि –६ रिख जोड्ने तीन सय ५० मिटर, बेनी नगरपालिका– १ रत्नेचौर र बागलुङ नगरपालिका– ४ कुडुले जोड्ने तीन सय ८८ मिटर र अन्नपूर्ण गाउँपालिका– ५ शिख र किन्दु जोड्ने तीन सय ४४ मिटर लामो पुल निर्माण भइसकेका छन् । (रासस)

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ८ : १८ बजे

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी