मन्त्री गुप्ता जोडिएको ७८ लाख घुस प्रकरणमा विपक्षीले घेरे सरकारलाई | Khabarhub Khabarhub

मन्त्री गुप्ता जोडिएको ७८ लाख घुस प्रकरणमा विपक्षीले घेरे सरकारलाई


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


867
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणको घुस प्रकरणमा मुछिएको घटना सेलाउन नपाउँदै गठबन्धन सरकारका अर्का मन्त्री पनि लाखौँ रुपैयाँको घुसमा लेनदेनमा जोडिएका छन् ।

भिजिट भिसामा जानेहरूबाट त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयबाट दैनिक ५० लाख रुपैयाँभन्दा उठाइने घुस गृहमन्त्रीको सचिवालयसम्म पुग्ने गरेको प्रकरणमा छानबिन चलिरहँदा अर्का मन्त्रीको घुस प्रकरण बाहिरिएको हो ।

दुई दिनअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता ७८ लाख रुपैयाँ घुस प्रकरणमा जोडिएको अडियो बाहिरिएको थियो । गुप्ता स्वयम्ले उक्त अडियो आफ्नो भएको स्वकारिसक्दा पनि सरकारले अहिलेसम्म कुनै कारबाही अघि बढाएको छैन ।

गुप्ताले उक्त घुस लेनदेन प्रकरणमा भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई पनि मुछेका छन् ।

कास्की मालपोत कार्यालयको हाकिमका लागि उक्त घुसको डिल भएको थियो । त्यसैगरि भूमि आयोग जिल्ला अध्यक्षमा पनि लेनदेनको सेटिङ भएको खुलेको थियो । यी दुई प्रयोजनका लागि ७८ लाख रुपैयाँ घुसको डिल भएको खुलिसक्दा पनि मन्त्री गुप्ताले नैतिक जिम्मेवारीसहित पद छाडेका छैनन् । यसबारेमा गृहजिल्ला भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली पनि मौन छन् ।

यस्तोमा आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा घुस प्रकरणलाई लिएर सांसदहरूले सरकारलाई घेरेका छन् । उक्त अडिओमा मालपोत कार्यालय कास्कीका तत्कालीन कार्यलय प्रमुखको सरुवा रोक्न सामान्य प्रशासन मन्त्री गुप्ताले विचौलियासँग ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाखसहित ७८ लाख घुस डिल गरेको कुरा सांसदहरूले उठाएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ता घुस प्रकरणमा जोडिएको अडिओ प्रकरणबारे छानबिन हुनुपर्ने माग गरिन् ।

उनले मन्त्री गुप्ता जोडिएको अडिओ प्रकरणको छानबिन हुनुपर्ने माग गरिन् । पूर्वशिक्षामन्त्री समेत रहेकी उनले दुई दिनअघि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताले घुस डिल गरिरहेको अडिओ बाहिरिएको अवस्थामा सरकार चुप बस्न नसक्ने बताइन् ।

उक्त अडिओमा भूमिमन्त्रीको नाम पनि पटक–पटक लिइएको उनले बताइन् । ‘मन्त्रीको घुस काण्डमा भनिएका ‘बा’ को हुन् ?’, उनले प्रश्न गरिन् ।

श्रेष्ठले मालपोत कार्यालयको प्रमुख पठाउनेदेखि भूमि आयोगका जिल्ला अध्यक्ष नियुक्तिमा पनि घुसको सेटिङ चलिरहेको बताइन् ।

‘कास्की मालपोत कार्यालयमा को पठाउनेमा पनि घुस, भूमि आयोग जिल्ला अध्यक्षमा पनि लेनदेनको सेटिङ ? किन भूमि विधेयक फास्ट ट्रयाकबाट पास गर्न खोजिएको बुझियो’, उनले भनिन्, ‘आफूअनुकूल मान्छे, आफूअनुकूल कानुन । उक्त घुस प्रकरणमा एकजना मन्त्रीले अर्को मन्त्रीलाई पोलेको सुनिएको छ । यसको छानबिनको माग गर्छौं ।’

गुप्ताले घुस डिल गरिरहेको उक्त अडिओमा भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी रकम लिइसकेकाले अब उनले काम नगर्ने भनिएको छ ।

‘उक्त अडिओमा सम्बन्धित ठाउँ भनेको कसको कुन ठाउँ हो ?’, उनले भनेकी छन्, ‘अडिओमा भनिएका ‘बा’ भनेका के हुन् ?’

बैठकमा नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले सामान्य प्रशासन मन्त्री गुप्ताको घुस काण्डबारे प्रश्न उठाइन्। यसबारेमा प्रधानमन्त्री ओलीले सदनलाई जानकारी गराउनुपर्ने माग उनले गरिन् । यस प्रकरणबारे छानबिन गरी दोषी जो भए पनि कारबाही गर्नुपर्ने उनको माग थियो ।

‘मिडियामा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र भूमि व्यवस्थामन्त्रीले कर्मचारी सरुवामा ७८ लाखको डिल गरेको समाचार आइरहेका छन् । यो विषयमा के भएको हो ?’, उनले भनिन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई संसद्मा जानकारी गराउन अनुरोध गर्छु । यसको छानबिन गरेर कडाभन्दा कडा कारबाही गरियोस् । अन्यथा सरकारको एक वर्षको उपलब्धि यही हुने छ ।’

माओवादीकै सांसद दुर्गा राईले पनि उक्त अडियो प्रकरणमा प्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्ने बताइन् ।

‘यो विषय सामान्य प्रशासनमन्त्रीको मात्रै नभएर प्रधानमन्त्रीको पनि हो । कु्नै मन्त्रीको विवाद भए सम्बन्धित मन्त्री र प्रधानमन्त्रीले सोच्ने विषय हो’, उनले भनिन्, ‘मन्त्रीह्यरूको घुसको डिल बाहिरिएपछि सरकारले एक्सन लिनुपर्छ कि पर्दैन ? मन्त्रीहरुले नैतिकता देखाउने त परको विषय भयो । प्रधानमन्त्रीज्यूले म घुस लिन्न, अरुलाई पनि लिन दिन्न भन्ने टुक्काले पुग्छ कि पुग्दैन ?’

माओवादीकै सांसद सुदन किरातीले सुशासनका लागि भन्दै बनेको सरकारको छातीमा कुशासनको तक्मा थपिएको टिप्पणी गरे । उनले यसबारे सरकारको तर्फबाट संसद्लाई सत्यतथ्य जानकारी गराइनुपर्ने माग राखे ।

‘सुशासनको लागि भन्दै बनेको सरकारको छातीमा फेरि कुशासनको तक्मा थपिएको छ । सामान्य प्रशासनमन्त्री र भूमि सुधारमन्त्रीबारे आएको कुरा के हो ?’, उनले भने, ‘मलाई राम्रोसँग स्मरण छ, यही संसद्मा प्रधानमन्त्रीले भन्नु भएको थियो, ‘म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न पनि दिन्नँ’, यो जुनीमा त के अर्को जुनीमा पनि चित्र गुप्ताको अगाडि उभिएर जवाफ दिन्छु । हामीलाई अर्को जुनी र चित्र गुप्ताको विश्वास छैन । त्यसैले सरकारको तर्फबाट जवाफ चाहियो ।’

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  २ : ५५ बजे

उदयपुरमा सुत्केरीको बाटोमै ज्यान गयो

उदयपुर – त्रियुगा नगरपालिका–९ गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन

घोडाघोडीमा हरिहाँसको सङ्ख्या घट्यो

कैलाली – विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा हरिहाँसको सङ्ख्या

साइबर ब्यूरोमा उजुरी परेपछि खाँणले भने : मलाई पहिल्यै डर थियो

काठमाडौं – गायक रामजी खाँणले आफूविरुद्ध सामाजिक सञ्जालमा भइरहेको आलोचना

खाल्डोमा डुबेर बालकको मृत्यु

काठमाडौं । काठमाडौं कीर्तिपुर नगरपालिका–६ चोभारमा आज खाल्डोमा जमेको पानीमा

भानु जयन्तीको अवसरमा कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौं – विश्व शान्ति तथा एकीकृत परिवार संघले भानु जयन्तीको