स्पेन पठाउने गिरोहमाथि छानबिन थालिँदै, सीआईबी र मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई जिम्मा « Khabarhub

स्पेन पठाउने गिरोहमाथि छानबिन थालिँदै, सीआईबी र मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई जिम्मा


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधी मण्डल बाहेक गएको भन्ने विषयमा निश्पक्ष छानविन गर्न निर्देशन दिनुभएको छ ।

मन्त्री लेखकले सोमबार बिहान स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिब गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिनुभएको हो ।

‘प्रधानमन्त्रीज्यूको प्रतिनिधिमण्डलबाहेक स्पेन को को गए ? कुन विधि-प्रक्रिया र कुन संस्थामार्फत् स्पेन भ्रमण गए भन्ने विषय छानबिन गर्न निर्देश गरेको छु’, उनले भने, ‘जानका लागि भिजिट भिजिटको प्रबन्ध कस्ले गर्‍यो ? लगायत विषयमा अनुसन्धान हुनेछ ।’

उक्त विषयको गहन छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र मानब बेचबिखन अनुसन्धान ब्युरो खटिने उनले बताए ।

यस विषयमा दोषी देखिएकालाई कारबाही गरिने उनले बताए । प्रधानमन्त्री ओली गत असार १४ गते स्पेन भ्रमणमा गएका थिए ।

प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा लैजाने भन्दै दर्जनौँसँग १० देखि १५ लाख रुपैयाँ असुलेको खुलेको थियो ।

स्पेन लगिएकामध्ये कतिपय उतै लुकेर बसेको प्रकरणमा प्रधानमन्त्रीलाई जोडिएपछि विवाद भएको थियो ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  १२ : ४५ बजे

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले