काठमाडौं- गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधी मण्डल बाहेक गएको भन्ने विषयमा निश्पक्ष छानविन गर्न निर्देशन दिनुभएको छ ।
मन्त्री लेखकले सोमबार बिहान स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिब गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिनुभएको हो ।
‘प्रधानमन्त्रीज्यूको प्रतिनिधिमण्डलबाहेक स्पेन को को गए ? कुन विधि-प्रक्रिया र कुन संस्थामार्फत् स्पेन भ्रमण गए भन्ने विषय छानबिन गर्न निर्देश गरेको छु’, उनले भने, ‘जानका लागि भिजिट भिजिटको प्रबन्ध कस्ले गर्यो ? लगायत विषयमा अनुसन्धान हुनेछ ।’
उक्त विषयको गहन छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र मानब बेचबिखन अनुसन्धान ब्युरो खटिने उनले बताए ।
यस विषयमा दोषी देखिएकालाई कारबाही गरिने उनले बताए । प्रधानमन्त्री ओली गत असार १४ गते स्पेन भ्रमणमा गएका थिए ।
प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा लैजाने भन्दै दर्जनौँसँग १० देखि १५ लाख रुपैयाँ असुलेको खुलेको थियो ।
स्पेन लगिएकामध्ये कतिपय उतै लुकेर बसेको प्रकरणमा प्रधानमन्त्रीलाई जोडिएपछि विवाद भएको थियो ।
प्रतिक्रिया