कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालन « Khabarhub

कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालन


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

गुल्मी– आइतबार बिहानदेखि अवरुद्ध गुल्मीको कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा आएको छ । 

करिडोर सडकखण्डअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–१ स्थित गरगरे र वडा नं ६ को बरल्वामा सडकमाथिबाट चट्टानसहितको ठूलो पहिरो खसेपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

सडक सञ्चालन गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीको समन्वयमा सडक निर्माण कम्पनी कालीका कन्ट्रक्सनद्वारा डोजर र स्काभेटरको माध्यमबाट दुई दिनसम्म पहिरो पन्छाएपछि आज अपरान्हदेखि सडक एकतर्फी  सञ्चालनमा आएको हो । 

वर्षाका कारण दुवै स्थानमा चट्टानसहितको ठूलो पहिरो गएको हुँदा पहिरो हटाउन लामो समय लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले बताए । 
      
पहिरोका कारण कुनै पनि समयमा जोखिम उत्पन्न हुनसक्ने भन्दै स्थानीय पालिका र प्रशासनले त्यस सडक क्षेत्रमा आवतजावत गर्ने मानिसलाई सतर्कता अपनाउन आग्रह गर्दै आइरहेको छ । बर्सात सुरू भएसँगै कालीगण्डकी करिडोर सडक पटकपटक अवरुद्ध हुँदै आएको छ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ७ : ५० बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि