फ्रान्सेली स्पाइडरमेन पक्राउ | Khabarhub Khabarhub

फ्रान्सेली स्पाइडरमेन पक्राउ


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्रेङ्कफर्ट– गगनचुम्बी भवनहरू चढ्न पोख्त ‘फ्रान्सेली स्पाइडरमेन’ अलाइन रोबर्ट जर्मनीको फ्रेङ्कफर्ट शहरस्थित ‘स्काइपर’ टावर चढेपछि पक्राउ परेका छन् ।

सन्ताउन्न बर्षीय रोबर्टले पक्राउ पर्नुभन्दा पहिले आधा घण्टाको छोटो समयमा नै १५४ मिटर अग्लो ४२ तले भवनमा कुनै सरकारी स्वीकृति र सुरक्षा सामग्रीविना नै चढेका थिए । उनको साहसिक कार्यलाई सडकमा हिँडिरहेको यात्रुले चकित बन्दै अवलोकन गर्नुका साथै फोटोहरू लिएका थिए ।

सन् १९९४ देखि आफ्ना चमत्कारको प्रदर्शन गर्दै आएका रोबर्टले दुवैस्थित विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खालिफा र पेरिसस्थित इफेल टावरलगायतका स्थानमा चढेर विश्वलाई चकित पारिसकेका छन् ।

अगस्टमा उनले हङकङस्थित एक गगनचुम्बी भवनमा चढेर ‘शान्ति’ को झण्डा फहराएका थिए ।

शनिबार पक्राउ पर्नुपूर्व रोबर्टले गगनचुम्वी भवनहरूको यात्राको पछाडि आफ्नो कुनै कारण नरहेको र यो केवल आफ्नो क्षमताको प्रदर्शन मात्र रहेको बताएका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ९ : ३२ बजे

ढाकामा हुने एसियन आर्चरी च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको विदाइ

काठमाडौं – नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार

झापा महिला गोल्डकपः घरेलु टोलीमाथि सङ्कटाको फराकिलो जीत

झापा – शिवसताक्षीस्थित दूधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकप

विर्तामोडबाट इन्सास हतियार फेला, अझै २२ वटा बेपत्ता

झापा – यहाँको विर्तामोड नगरपालिका–६ स्थित सुगम शान्ति टोलबाट आज

१०औं राष्ट्रिय खेलकुद फागुन पहिलो साता हुने

काठमाडौं – १०औं राष्ट्रिय खेलकुद आगामी फागुन पहिलो साता हुने

सिराहामा खैरो हेरोइनसहित एक युवक पक्राउ

सिरहा – यहाँको गोलबजार नगरपालिका–८ स्थित पुरानो चोहर्वाबाट प्रहरीले खैरो