राज्यका निकायलाई प्रेस काउन्सिलको खबरदारी – पत्रकार आचार संहिताबारे आफैं निर्णय नलिनू « Khabarhub

राज्यका निकायलाई प्रेस काउन्सिलको खबरदारी – पत्रकार आचार संहिताबारे आफैं निर्णय नलिनू


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकार आचार संहिता र प्रेसस्वतन्त्रता प्रति आफैं निर्णय नललिन राज्यका अन्य निकायलाई प्रेस काउन्सिल नेपालले खबरदारी गरेको छ ।

आफ्नो क्षेत्राधिकार स्पष्ट हुन आग्रह गर्दै प्रेस काउन्सिलले भनेको छ– ‘काम, कर्तव्य र अधिकारभित्र रही काउन्सिलले आफ्नो जिम्मेवारी, दायित्व निभाउँदै आएको हुँदा कुनै भ्रममा नपर्न र पत्रकार आचारसंहिता तथा प्रेस स्वतन्त्रताजस्ता गम्भीर विषयमा कुनै निर्णय लिनुपर्दा आफ्नो क्षेत्राधिकारप्रति स्पष्ट हुन प्रेस काउन्सिल नेपाल राज्यका सम्बद्ध निकायहरूलाई पुनः अनुरोध गर्दछ ।’

बिहीबार रामप्रसाद दाहालको अध्यक्षतामा बसेको काउन्सिलको बैठकले यस्तो निर्णय गरेको वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दिपक खनालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रेस काउन्सिल ऐनमा समयानुकूल संशोधनको प्रक्रियासँगै काउन्सिलले पत्रकारिता तथा आमसञ्चार क्षेत्रसँग सम्बन्धित नयाँ नयाँ चुनौतीहरूलाई आफ्नो जिम्मेवारी सम्झी पत्रकारिताको पेसागत उच्चतम आचरण कायम राखी स्वस्थ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास तथा प्रवद्र्धनका लागि जोड दिँदै आएको जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ३ : ४७ बजे

ट्रम्पको जिकिर- ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ 

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकालाई ‘राष्ट्रिय सुरक्षाका

हिमालयन रिम फिल्म प्रदर्शनीले चीन-नेपालबीच युवा संवाद प्रवर्द्धन

काठमाडौं- हिमालयन रिम फिल्म प्रदर्शनीअन्तर्गत काठमाडौं विश्वविद्यालयमा आयोजना गरिएको कार्यक्रम

मदुरोमाथि ट्रम्पको दबाब

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले पदबाट

महिला टी-२० विश्वकप छनोटको खेलतालिका सार्वजनिक : नेपालको समूहमा कुन देश ?

काठमाडौं – सन् २०२६ जनवरीमा काठमाडौंमा हुने आईसीसी महिला टी–२०

मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा विजयराज न्यौपाने

काठमाडौं– लमजुङबाट काठमाडौँ आई बसोबास गरिरहेका साहित्यकारको साझा संस्था मर्स्याङ्दी