सदस्यता ‘पेन्डिङ’मा राखेका ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई बोलाए च्यासल « Khabarhub

सदस्यता ‘पेन्डिङ’मा राखेका ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई बोलाए च्यासल


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एक वर्षअघि नै नवीकरण गरिसकेको संगठित सदस्यता पेन्डिङमा राखेको घोषणा गरेलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई केन्द्रीय कार्यालय च्यासलमा बोलाएका छन् ।

ओलीसमेत उपस्थित गत असार १४ गते मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले एक वर्षअघि नै सदस्यता नवीकरण गरिसकेकाले एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् ।

तर ओलीले शनिबारको पोलिटब्युरो बैठकमा नवीकरण भइसकेको भण्डारीको सदस्यता पेन्डिटङमा राखिएको बताएका थिए । भण्डारीलाई एमालेको राजनीतिमा आउन नदिन आफूनिकटहरूलाई समेत आक्रमक रुपमा उतारेका ओली संवाद गर्न भने तयार भएका छन् ।

उनले भण्डारीसँग संवादका लागि आइतबार दिउँसो ३ बजे एमाले केन्द्रीय कार्यालय च्यासलमा बोलाएका छन्।

पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले उक्त कुराको पुष्टि गरेका छन् । उनले पूर्वराष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच पार्टी केन्द्रीय कार्यालय च्यासलमा वार्ता हुन लागेको जानकारी दिएका छन् ।

‘सम्माननीय पूर्वी राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीजू र सम्माननीय प्रधानमन्त्री एवम् नेकपा(एमाले)पार्टी अध्यक्ष श्री केपी शर्मा ओलीज्यूसँग आज ३ बजे पार्टी कार्यालय च्यासलमा भेटघाट हुने भएको छ’, उनले भनेका छन् ।

पूर्वराष्ट्रपतिले एमालेमा फर्किन घोषणा गरिसकेको अवस्थामा गत बिहीबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले यसबारे नेताहरूलाई सोधेका थिए । त्यसक्रमा नेताहरूले ओली आफैंले अग्रसरता लिएर संवाद गर्नुपर्ने सुझाव दिएका थिए ।

नेताहरूले बैठकमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मानजक रुपमा व्यवस्थापन गर्ने कुरा एमालेको दायित्व भएको पनि बताए का थिए । तर त्यसपछि बसेको पोलिटब्युरोमा ओली र उनीनिकट नेताहरूले भण्डारीलाई छेक्ने गरि प्रस्तुत भएका थिए ।

उनलाई विधान महाधिवेशनमा पनि सहभागी हुन नदिने रणनीतिमा ओली र उनीनिटक नेताहरू लागेका छन् । दशौँ महाधिवेशनपछि सदस्यता नवीकरण गरेको भन्दै आगामी भदौ २१ र २२ सम्म हुने दोस्रो विधान महाधिवेशनमा भण्डारीलाई भाग लिन नदिने रणनीति ओली पक्षको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  १२ : ४४ बजे

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको

उच्चस्तरीय राजनीतिक वार्ता समिति पुग्यो कांग्रेस कार्यालय (तस्बिरहरू)

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिद्वारा नेपाली कांग्रेसको पार्टी कार्यालयको